समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्दै गछिया लायन्स


Single Before Content Ad

शिव भट्टराई भोजपुरे /

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैचा स्थित लायन्स क्लब अफ गछियाले स्थापनाकालदेखि नै समाज सेवाको कामलाई तिव्रता दिँदै न्यानो कपडा, सेनेटरी प्याड, स्टेसनरी वितरण, वृक्षरोपण, सरसफाई, स्वास्थ्य शिविर, लगायत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ। विविध सामाजिक कार्य गर्दै आएको यस संस्थाले सुन्दरहरैचा स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा निशुल्क आँखा शिविर आयोजना गरेको छ।

बुधबार डिस्ट्रिक कोर्डिनेटर मनिता दङ्गालको प्रमुख आतिथ्यतामा भएको निशुल्क आँखा शिविरमा लायन्स क्लब अफ गछियाका अध्यक्ष कमल दाहालको अध्यक्षता रहेको थियो भने एरिया चिफ नागेश पोख्रेलको विशिष्ट आतिथ्यता रहेको थियो।

लायन्स क्लब अफ गछियाले बिराटनगर आँखा अस्पताल रानीको सहयोगमा आँखा रोगिहरुलाई निशुल्क आँखा जाँच गराई सेवा प्रदान गरेको अध्यक्ष दाहालले बताएका छन्। जेष्ठ नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको आँखा शिविरमा २ सय भन्दा बढीले सेवा लिएका थिए जसमा उपचार, औषधी, अप्रेसन निशुल्क प्रदान गरिएको थियो र चस्मा भने सहुलियत दरमा वितरण गरिएको थियो।

क्लबका सचिव कमला न्यौपानेले संचालन गरेको सो कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष हेमन्त भट्टराईले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी कार्यक्रममा उपस्थित लायन मातृका चापागाईं, सुन्दरदुलारी उद्घोग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद ढुङ्गाना लगायत अतिथीहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार