८ दिने पौडी प्रतियोगिता ओसियन पार्क, इटहरीमा सुरु


shiva
Single Before Content Ad

सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे, बैशाख ३१ गते

स्पाइनल इन्जुरी संघ, कोशी प्रदेश सुनसरी इटहरीको आयोजनामा आठ दिने चौथो प्रदेशस्तरीय पौडी प्रतियोगिता आजदेखि सुरु भएको छ।

इटहरीको ओसियन पार्कमा भएको कार्यक्रमको उद्घाटन समारोहमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका ५ जना महिला र ७ जना पुरुष सहभागी थिए। उद्घाटन कार्यक्रममा संघका अध्यक्ष विक्रम घिमिरेको सभापतित्व रहेको थियो भने HRDC अस्पतालका अध्यक्ष दिनेश रसाइली प्रमुख अतिथि थिए। त्यसै गरि इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालसहित अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

प्रमुख अतिथि रसाइलीले स्पाइनल इन्जुरी संघले सरकारले गर्नु पर्ने जिम्मेवारी निभाइरहेको उल्लेख गर्दै, अपांगता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा संघ अग्रसर रहेको बताए।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत खेलकुद विकास बोर्डको सहकार्यमा भएकाे पाैडि प्रतियोगिता आगामी जेठ ६ गते सम्म सञ्चालन हुने संपाइनल संघ काेशी प्रदेश सुनसरी इटहरीका महासचिव राजन बराइलीले जानकारी गराए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार