कपाल खौरेर बुवाको किरिया बसिन् एमाले नेतृ उषाकला राई


shiva
Single Before Content Ad

नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई कपाल मुण्डन गरेर बुवाको काज-किरियामा बसेकि छिन्।कोशी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री एवम् संविधानसभा सदस्यसमेत रहेकी राईका पिता ८७ वर्षीय रुद्रकुमार राईको बिहीबार राति काठमाडौंमा निधन भएको थियो।

बुवाको निधनपछि कपालसमेत मुण्डन गरेकी उनले काठमाडौंस्थित आफ्नो घरमै काज-किरिया थालेकि हुन्।उषाकलाले नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा बुवाको अन्तिम संस्कारका क्रममा दागबत्ति दिनु भएको थियो। त्यसपछि उहाँ कपाल मुण्डन गरेर घरमै किरियापुत्री बसेकी हुन्।

उषाकला ६ दिनसम्म काठमाडौंमा किरिया बसेर बाँकी ७ दिनको संस्कार  पूरा गर्न जन्मथलो खोटाङ जाने पति एवम् एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका उषाकलाका पिता साविक खाल्ले गाविसका पूर्वगाविस अध्यक्ष हुन्। उहाँ नेकपा एमाले जिल्ला कमिटी खोटाङका तत्कालीन सचिव थिए। उहाँ हाल नेकपा एमालेनिकट जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय केन्द्रीय सदस्य पनि थिए।

उषाकला रुद्रकुमारकी एक मात्रै सन्तान हुन्। उषाकलाले यसअघि २०७५ साल पुसमा आमाको निधन हुँदा पनि कपाल मुन्डन गरेर काज–किरिया गर्नुभएको थियो। उषाकलाले सिन्धुपाल्चोक घर भएका पूर्वमन्त्री शेरबहादुर तामाङसँग विवाह गर्नु भएको हो । पछिल्लो समय छोरीहरू पनि बुवाआमाको निधन हुँदा किरिया  बस्ने गरेका छन्। 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार