सुन्दरहरैंचामा सुरु भएको तेक्वान्दो प्रतियोगितामा ४ सय खेलाडीको सहभागीता


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङ सुन्दरहरैंचा नगरपालिका -१० बिराटचौकमा रहेको प्लानेट फुट्सलमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८० आज मंगलबारबाट सुरु भएको छ।

अक्सिजन फिट्नेस नेपालले पहिलो पटक गरिएको आयोजना सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईंले उदघाटन गर्दै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुन्दरहरैंचा उर्वर खेलको भुमिले गर्दा थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गरेको छ। नगरले खेलकुद क्षेत्रमा आवश्यक बजेट समेत बिनियोजन गरेको छ अब नगरमा खेलकुद मिटको अयोजना गर्नुपर्ने कुरा जोड दिनु भयो।अक्सिजन फिट्नेस खोर्सानेको आयोजना रहेको उक्त प्रतियोगितामा २७ वटा डोजाङका बिभिन्न तौल समुहका ४ सय खेलाडीले प्रतिस्पर्धा रहने आयोजकले बताए।

अक्सिजन फिट्नेस नेपालका सल्लाहकार तथा कोशी प्रदेश तेक्वान्दो संघका सदस्य सुर्य दंगालले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदले अनुशासन सिकानुका साथै जिवनलाई स्वस्थ्य निरोगी हुन मद्द्त पुग्ने भन्दै तेक्वान्दो खेलबाट नेपाल अन्तर्राष्ट्रिय स्तर समेत किर्तिमान कायम गरेको र खेलको मह्त्वकाबारे दर्शाउदै नगरले यस खेलप्रति चासोका साथ हेर्नु पर्ने बताए।राज्यले अहिले सम्म खेलकुद क्षेत्रमा पर्याप्त बजेट छुट्याउन नसकेको गुनासो ब्यक्त गर्दै तेक्वान्दो खेलका लागी आवश्यक बजेट बिनियोजन गर्न खेलप्रेमी सरोकवलाले माग गरेका छन।

उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा १२ का वडा अध्यक्ष रोशन ढकाल, वडा ९ का प्रकाश श्रेष्ठ , खेलप्रेमी महानुभवहरु लगायतको उपस्थित रहेको थियो। उक्त कार्यक्रमलाई अक्सिजन फिट्नेस नेपालका शिव कुमार श्रेष्ठले संयोजन गरेका हुन। प्रतियोगिता २ दिन सम्म चल्नेछ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार