इन्द्रपुर नमुना सेकेण्डरी स्कुलको २३औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुल को २३औं वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका प्रबन्ध निर्देशक, युवा व्यवसायी तथा शिक्षण पेशा समेत आवद्ध रहेका उत्सव थापाले संयुक्त लगानीमा संचालन हुँदै आएको विद्यालयलाई अब एकल लगानीमा अघि बढाएको बताए । शिक्षा र व्यवसाय क्षेत्रमा लामो अनुभव सँगालेका थापाले आगामी वर्षदेखि स्वयं विद्यालय व्यवस्थापनमा प्रत्यक्ष संलग्न भई गुणस्तरीय शिक्षा प्रदान गर्न आफ्नो अनुभव खर्चने प्रतिवद्धता व्यक्त गरे । 

विद्यालयले ईओएमएस आईएसओ चिन्ह प्राप्त गरेको उल्लेख गर्दै, विद्यालयलाई नमुना शिक्षालयको रूपमा स्थापित गर्ने लक्ष्य रहेको अभिभावकहरूसँग साझा गरे।थापाले वर्तमान समयको प्रविधिसँग सामञ्जस्य राख्दै बजारमा उपयोगी शिक्षा प्रदान गर्न आफू निरन्तर लागिपरेको बताए।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की ले शिक्षासँगै सीप विकासको महत्व औंल्याउँदै, विद्यालयले समयानुसार आफ्ना गतिविधिहरू परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए।

विद्यालयका प्रिन्सिपल शान्तिराम गौतम ले विद्यालयको प्रगति विवरण तथा भावी कार्ययोजनाका बारेमा जानकारी गराउँदै, फुड फेस्टिवल तथा विभिन्न विद्यार्थी गतिविधि प्रदर्शनी समेत राखिएको जानकारी दिए।

कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै जेहेन्दार बिधार्थीलाई छात्रवृत्तिको वितरण समेत गरिएको थियो।

अभिभावक नृत्यले कार्यक्रममा विशेष आकर्षण थपेको थियो भने, विद्यार्थी र शिक्षकको संयुक्त नृत्य प्रस्तुति ले सबैलाई भावुक बनायो।कार्यक्रमकै क्रममा प्रस्तुत सचेतनामूलक नाटक ले समाजमा रहेका विकृति-विसंगतिहरू उजागर गर्दै सकारात्मक परिवर्तनको सन्देश दिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार