शिक्षासँगै स्वास्थ्यलाई प्राथमिकता, क्वेष्ट इङ्लिस स्कुलको निःशुल्क आँखा शिविर सम्पन्न


Single Before Content Ad

सुन्दरहरैंचा, मोरङ ।शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैंचा–८ स्थित क्वेष्ट इङ्लिस स्कुलमा विद्यार्थी, अभिभावक तथा शिक्षकलाई लक्षित गरी आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शुक्रबार विद्यालयको आयोजनामा तथा नवदृष्टि आँखा अस्पताल, इटहरीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। शिविर मार्फत दृष्टिसम्बन्धी विभिन्न समस्याको प्रारम्भिक पहिचान गर्नुका साथै आवश्यक परामर्श तथा उपचारका लागि सुझावसमेत प्रदान गरिएको विद्यालयले जनाएको छ।

शिविरमा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले आफ्नो आँखाको स्वास्थ्य परीक्षण गराउँदै यस्तो उपयोगी कार्यक्रम आयोजना गरेकोमा विद्यालयप्रति आभार व्यक्त गरेका थिए। अभिभावकहरूले विद्यालयले शिक्षासँगै विद्यार्थी तथा परिवारको स्वास्थ्यप्रति पनि उत्तिकै चासो देखाएको भन्दै प्रशंसा गरेका थिए।

विद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले स्वस्थ विद्यार्थीबाट नै गुणस्तरीय शिक्षाको वातावरण निर्माण हुने उल्लेख गर्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई विद्यालयले आगामी दिनमा पनि निरन्तरता दिने बताए। उनले भने, “विद्यार्थीको सिकाइ क्षमता र समग्र विकासका लागि स्वस्थ दृष्टि अत्यन्त आवश्यक छ। समयमै आँखा परीक्षण गर्न सके धेरै समस्या प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिन्छ। विद्यालयले शिक्षासँगै स्वास्थ्यलाई पनि समान प्राथमिकता दिँदै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नेछ।”

विद्यालयका अनुसार यस्ता स्वास्थ्य शिविरले विद्यार्थी र अभिभावकमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार