सुन्दरहरैंचा, मोरङ । श्रावण २६ गते
मोरङको सुन्दरहरैंचा–८ मा रहेको क्वेष्ट सेकेण्डरी स्कुलका विद्यार्थीहरूले सगरमाथा चाइल्ड क्लबद्वारा आयोजित ‘Sagarmatha Spelling Bee’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।
प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो अंग्रेजी भाषा ज्ञान, उच्चारण क्षमता तथा आत्मविश्वास प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको उल्लेखनीय प्रस्तुतिप्रति विद्यालय परिवारले खुसी व्यक्त गरेको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल दिपक क्षेत्रीले विद्यार्थीहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले विद्यालयको शैक्षिक पहिचानलाई थप मजबुत बनाएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीको अंग्रेजी भाषा ज्ञानसँगै प्रस्तुति क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
विद्यालयले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप र विभिन्न प्रतियोगितामार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकासमा जोड दिँदै आएको जनाएको छ।




