गछिया गोल्डकप २०८२ मंसिर १५ देखि २२ गतेसम्म हुने


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ गछिया युवा समाज, मोरङले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रण ANNE प्रथम गछिया गोल्डकप–२०८२ सम्बन्धी प्रेस–मिटमा समाजका अध्यक्ष सरोज दाहालले गोल्डकपले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने मात्र नभई लागुऔषधमुक्त स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विभिन्न जिल्लाका प्रतिष्ठित टिमसँगै भारतको दार्जिलिङको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय रंग दिएको उल्लेख गर्दै सफल तथा भव्य आयोजनाका लागि सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी र सञ्चारकर्मीको निरन्तर साथ आवश्यक रहेको धारणा राखे।

त्यसैगरी गोल्डकपका खेल संयोजक प्रलाहद थोप्राले प्रतियोगितामा आकर्षक नगद पुरस्कार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई प्रेरणादायी सम्मानको व्यवस्था गरिएको जानकारी दिए। उनले विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार पुरस्कारसहित ‘म्यान अफ द सिरिज’लाई २५ हजार, र उत्कृष्ट डिफेन्स, फर्वार्ड, मिडफिल्डर, गोलकिपर तथा प्रशिक्षकलाई जनही ११ हजार प्रदान गरिने बताए। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’लाई ५ हजार १ सय प्रदान गरिने उल्लेख गर्दै उनले प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्ने अपेक्षा व्यक्त गरे।

अध्यक्ष दाहाल र संयोजक थोप्राले संयुक्त रूपमा गछिया गोल्डकपलाई पूर्वाञ्चलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा स्थापित गर्ने लक्ष्य रहेको र तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार