सेवा प्रवाहमा पारदर्शिता बढाउन नोबेलद्वारा मोरङ प्रहरीलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण


Single Before Content Ad

सुन्दरहरैचा। भाद्र २४ गते

सेवाग्राहीप्रति थप प्रभावकारी, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह गर्ने उद्देश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ।

सेवासम्बन्धी फोन संवादलाई व्यवस्थित तथा अभिलेखयोग्य बनाउँदै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो । उपकरणको प्रयोगबाट सेवाग्राहीसँग हुने फोन संवादलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न तथा आवश्यक अवस्थामा संवादको अभिलेख सुरक्षित राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

कल रेकर्डिङ उपकरणको प्रयोगले जिल्ला प्रहरी कार्यालय, मोरङको सेवा प्रवाहमा थप सहजता, समन्वय तथा प्रभावकारिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार