सिद्धार्थ सांगीतिक साँझ तेस्रो कार्यक्रम हुने, मेलिना राईको प्रस्तुति


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -६ खोर्साङ्गेनीमा सांगीतिक कार्यक्रम हुने भएको छ।सिद्धार्थ युवा क्लबको आयोजना सिद्धार्थ सांगीतिक साँझ तेस्रो भोली शनिबार बेलुका ५ बजे सुरु हुने आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष संजित राईका अनुसार हरेक बर्ष एकादशीको अवसर पारेर हुने सांस्कृतिक कार्यक्रम प्राविधिक कारणले ढिलो भएको बताए ।
राष्ट्रिय कलाकार मेलिना राई ,ख्यातिप्राप्त डान्स सेन्टर तथा स्थानीय कलाकारको प्रस्तुती रहने अध्यक्ष राईले बताए।साथै उक्त कार्यक्रममा संघीय युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुले कार्यक्रम उदघाटन गर्ने आयोजकले जनाएको छ। सो कार्यक्रममा पुर्व तथा वर्तमान राष्ट्रिय खेलाडी सम्मान रहने जनाएको छ।

क्लबले अतिबिपन्न परिवारलाई बिरामी हुँदा नि:शुल्क एम्बुलेन्स सेवा दिने, बिपन्न गरिव तथा जेहेन्दार परिवारलाई पढनका लागी छात्रवृत्ति बितरण , समाजिक कुरिति बिरुद्ध जनचेतना मुलक कार्यक्रम, लागु दुर्ब्यसनी बिरुद्ध सचेतना, बृक्षारोपण, स्वास्थ्य शिविर लगायत सचेतनामुलक कार्यक्रम क्लबले गर्दै आएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार