दुलारी मल्टिपल बोर्डिङ स्कुलले वार्षिकउत्सवको अवसरमा गर्यो जेष्ठ अभिभावकलाई सम्मान


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ४ बलिया स्थित दुलारी मल्टिपल बोर्डिङ स्कुलले वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। विद्यालयले २ दिने कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। उक्त अवसरमा विद्यालयले ८३ जना जेष्ठ अभिभावकलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेको प्रिन्सिपल टिकाराम पराजुलीले जानकारी दिएका छन्।

बिहीवार भएको उक्त कार्यक्रममा सुन्दरहरैचा वार्ड नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो। उक्त अवसरमा मल्टिपल स्कुलमा अध्ययनरत विद्यार्थीहरूमध्ये विद्यालयका विभिन्न विधाका कार्यक्रममा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रमाणपत्र तथा मेडलद्वारा पुरस्कृत गरिएको थियो। कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका ८२३ जना विद्यार्थी विभिन्न विधामा पुरस्कृत भएका थिए। मल्टिपल स्कुलका कार्यकारी प्रमुख टिकाराम दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूद्वारा मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरिएको थियो।

विद्यालय प्रशासनका अनुसार कार्यक्रम भोलिसम्म जारी रहनेछ। भोलि विशेष रूपमा महिला अभिभावकबीच ह्वीलचेयर दौड र पुरुष अभिभावकबीच हण्डीफोर प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ। विद्यालयले अभिभावक, विद्यार्थी र शिक्षकहरूको सहकार्यमा शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि प्रवर्द्धन गर्ने प्रयास गर्दै आएको बताएको छ।सोही अवसरमा विद्यालयमा अध्ययनरत प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद, प्रमाण-पत्र तथा मंडलद्वारा पुरस्कृत गरिएको थियो।

विद्यालयका कार्यकारी प्रमुख टीकाराम दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूद्वारा मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। कक्षा नर्सरीदेखि कक्षा १० सम्मका ८२३ जना विद्यार्थीहरू विभिन्न विद्यामा पुरस्कृत भएका थिए।विद्यालय प्रशासनका अनुसार यस प्रकारका सम्मान तथा पुरस्कार कार्यक्रमले समाजमा सकारात्मक प्रेरणा दिने विश्वास गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार