पूर्वाञ्चल विश्वविद्यालय प्रविधिमैत्री दिशातर्फ अघि बढ्दै


Single Before Content Ad

सुन्दरहरैचा/ पूर्वाञ्चल विश्वविद्यालयले सूचना तथा प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकतामा राख्दै नयाँ पहल सुरु गरेको छ। मोरङको सुन्दरहरैचा गोठगाउँ स्थित पुर्वान्चल विश्वविद्यालयले आफ्ना प्रशासनिक तथा आर्थिक क्रियाकलापलाई अझ सुव्यवस्थित, पारदर्शी बनाउन सफ्टवेयरको उद्घाटन गरेको छ।

विश्वविद्यालयले केन्द्रीय कार्यालय तथा अन्तर्गतका १७ वटा निकायहरूमा सञ्चालन हुने आर्थिक क्रियाकलापलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न Integrated Accounting Solution सफ्टवेयरलाई मिति २०८२/०८/०१ गतेदेखि कार्यान्वयनमा ल्याइने गरी औपचारिक रूपमा उद्घाटन गरेको छ। सोमबार उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया र रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीद्वारा उक्त सफ्टवेयरको उद्घाटन गरिएको थियो। कार्यक्रममा समस्त संकायका डीनहरू, कार्यकारी निर्देशकहरू, योजना महाशाखाका प्रमुख, विभिन्न निकायका प्रमुख, प्रशासक तथा लेखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, सोही अवसरमा विश्वविद्यालयलाई अझ प्रविधिमैत्री बनाउने उद्देश्यले तयार हुँदै गरेको University Management System (UMS) को Demo Version प्रस्तुत गरि आवश्यक सुझाव संकलन गर्ने कार्य पनि सम्पन्न गरिएको थियो। सो सफ्टवेयर एक महिनाभित्र सञ्चालनयोग्य हुने अपेक्षा गरिएको छ, जसले विश्वविद्यालयको अनुगमन तथा तथ्याङ्क व्यवस्थापनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउनेछ।

कार्यक्रमको अन्त्यमा उपकुलपति तथा रजिष्ट्रारले दुवै सफ्टवेयर निर्माण तथा कार्यान्वयनमा योगदान पुर्‍याउने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापन टोली प्रति आभार व्यक्त गर्दै डिजिटल रूपान्तरणका यस्ता परियोजनाहरूलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार