सुन्दरहरैँचा/
मोरङको सुन्दरहरैँचामा तरकारी पकाउने कराहीले हानेर बाबुले आफ्नै छोरीको दाँत भाँचिदिएका छन् ।सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरका ४० वर्षीय तेजबहादुर झाँगडले आइतबार राति ९ बजेतिर कराहीले प्रहार गर्दा छोरी १८ वर्षीया नम्रता झाँगडको दाँत भाँचिएको हो । खाना पकाउनभन्दा नमानेपछि तेजबहादुरले कराहीले छोरीको मुखमा हानेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कराहीले लागेर नम्रताको अगाडिको दाँत भाँचिएको छ र गालासमेत सुन्निएको छ । घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । छोरीलाई कराहीले हान्ने बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।