इन्द्रपुर नमुना इङ्लिस स्कुलमा जुनियर क्विज प्रतियोगिता सम्पन्न


shiva
Single Before Content Ad

श्रावण ३० गते। सुन्दरहरैचा

मोरङको सुन्दरहरैँचा–१२ स्थित इन्द्रपुर नमुना इङ्लिस स्कुलमा इन्द्रपुर बाल क्लबको आयोजनामा जुनियर क्विज प्रतियोगिता सम्पन्न भएको छ।

 विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरूमा सहभागी विद्यार्थीहरूले आफ्नो ज्ञान तथा क्षमता प्रस्तुत गरेका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै आगामी दिनमा पनि ज्ञानवर्धक तथा रचनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गरिएको थियो।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विद्यालयले इन्द्रपुर बाल क्लबप्रति आभार व्यक्त गरेको छ। विद्यार्थीहरूको सक्रिय सहभागिताले प्रतियोगिता उत्साहपूर्ण, ज्ञानवर्धक र स्मरणीय बनेको आयोजकले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार