थारु कला केन्द्रको आयोजनामा उदघोषण तालिम सम्पन्न


shiva
Single Before Content Ad

मोरङ/

थारु कला केन्द्रको आयोजनामा उदघोषण तालिम सम्पन्न भएको छ। मोरंगको बुढीगंगा गाउँपालिका वडा -४ मा रहेको स्मृति बोर्डिंग स्कुलमा भएको उक्त तालिम कार्यक्रममा ५६ जना सहभागी भएका थिए।

स्मृतिमा पढ्ने कक्षा ९ र १० का विधार्थीलाई मास्टर अफ शेरोमणीको बारेमा प्रशिक्षक एलएन गच्छदार र आउट बोन्डको बारेमा प्रशिक्षक सनराइज चौधरीले तालिम सहजीकरण गरेका थिए।

मनोबैज्ञानिक, मैत्रीपूर्ण तथा खेल बिधिबाट प्रशिक्षण गरिएको थियो। तालिममा सहभागी भएका बिधार्थीभने तालिम लिन पाएकोमा उत्साहित र खुसि ब्यक्त गरेका छन्। तालिममा सहभागी सबनमा राजबंशीले तालिम उपलब्धिमुलक रहेको प्रतिक्रिया दिदै यस किसिमको तालिम सिकईबाट आफु निकै प्रभावित रहेको धारणा व्यक्त गरिन।

तालिम लिएर मात्र हुदैन ब्यबहारिकरुपमा लागु गर्नु पर्ने बताउदै मिस थारु आइकन २०२२ कि बिजेता पुजा माझीले समेत आफ्ना धारणा राखेकी थिइन्। उक्त कार्यक्रमको संयोजन भने सबनम चौधरीले गरेकी थिइन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार