हिमालय इंगलिस स्कुलको ९औं वार्षिक उत्सव तथा अभिभावक दिवस भोलि मनाइने


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित हिमालय इंगलिस स्कुलले आफ्नो ९औं वार्षिक उत्सव तथा अभिभावक दिवस भोलि माघ ८ गते, शुक्रबार विशेष कार्यक्रमसहित मनाउने भएको छ।

स्कुल परिसरमा बिहीबार वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत स्कुल मिटमा विभिन्न खेलकुद प्रतियोगितामा सहभागी भएर उतकृष्ट हुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

सो अवसरमा विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यालयले शिक्षा मात्र नभई सांस्कृतिक, खेलकुद तथा सिर्जनात्मक क्रियाकलापमा पनि विद्यार्थीलाई प्रोत्साहित गर्ने बताए। उनले विद्यालयले आगामी दिनहरूमा अझ व्यापक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्दै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई निरन्तर साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरे।

विद्यालय प्रशासनका अनुसार भोलिको वार्षिक उत्सवमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, विज्ञान प्रदर्शनी तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गर्नेछन्। कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय बौद्धिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार