सामाजिक मिलन केन्द्र प्रतिष्ठानले गर्यो तीज विशेष नृत्य प्रतियोगिता, विभिन्न व्यक्तिहरु सम्मानित


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैचा–७ मा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानद्वारा आयोजित नगर स्तरीय तीज विशेष नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्टस् ग्राममा भएको तीज विशेष नृत्य प्रतियोगितामा कौसीका भजन समूहले प्रथम स्थल हासिल गर्न सफल भएको छ।

दोश्रोमा बिष्णु पाञ्चायन भजन समूह,तृतीय पाथिभरा भजन समुह र लालीगुराँस भजन समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रमकी संयोजक निर्मला फुयालले जानकारी दिईन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समुहलाई नगद, सहित प्रशंसापत्र वितरण गरिएको संयोजक फुयालले बताईन्।

कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु रातो साडी, चोलो तथा विभिन्न किसिमका गरगहना लगाएर सहभागी भएका थिए । तीजको भाकामा छमछमी नाँचेर सहभागीहरुले रमाईलो गरेका थिए भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो ।

कार्यक्रममा जनचेतनामुलक नाटक समेत देखाईएको थियो। कार्यक्रममा सामाजिक क्षेत्रमा योगदानपुर्‍याउने संस्थालाई तथा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष गंगानाथ पोख्रेलको अध्यक्षता तथा सामाजिक व्यक्तित्व मित्रसेन योन्जनको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईं, आश्रय सुधार केन्द्रका संयोजक सेवक खत्री लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि योञ्जनले मुलुकमा बढ्दै गईरहेको महिला हिंसा विरुद्द नेपाली सबै नारीहरु एकजुट भई महिला हिंसा अन्त्य गर्न लाग्नुपर्ने बताएका थिए। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सल्लाहकार सुरज बिष्टले गरेका थिए।

प्रतिष्ठानले यसअघि जेष्ठ नागरिक सम्मान, असार १५ मा दही चिउरा, साउन १५ मा खिर खुवाउने, सदस्यहरूको जन्मोत्सव मनाउनेजस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने अध्यक्ष पोख्रेलले बताए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार