सुन्दरहरैंचा – भदौ २ गते
शिव भट्टराई भोजपुरे/ नेपालमा MBBS (चिकित्साशास्त्र स्नातक) को जम्मा कोटा संख्या २६३५ पुगेको छ। उपलब्ध छात्रवृत्तिमा ६६२ सिट छन्, जसमा खुला ३६४ र आरक्षण २९८ विद्यार्थीका लागि छुट्याइएको छ।
भर्खरै मोरङको गोठगाउँमा सञ्चालनमा आएको Purbanchal University School of Medicine (PU SoM) मा ५० सीट उपलब्ध छन्। तीमध्ये ३८ सीट छात्रवृत्ति अन्तर्गत छन्—खुला २१ र आरक्षण १७ वटा। बाँकी १२ सीट तिर्ने (Paying) विद्यार्थीका लागि छुट्याइएको छ।

चिकित्सा शिक्षा आयोगका अनुसार आवेदन फारम अनलाइनमार्फत भर्न सकिन्छ। विस्तृत जानकारीका लागि आयोगको वेबसाइट www.mec.gov.np मा पहुँच गर्न सकिन्छ।
गोठगाउँमा MBBS पढाइ सुनिश्चित भएपछि नेपालमा MBBS पढाउने कलेजहरूको संख्या २७ पुगेको छ। यससँगै मोरङ जिल्लामा हाल ३ मेडिकल कलेजहरू सञ्चालनमा छन्।

