सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे, भाद्र ९ गते।
गुणस्तरीय, बालमैत्री तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राख्दै इनरुवा–३, सखुवागाछीमा रहेको सरस्वती ज्ञानकुञ्ज इङ्लिस स्कुलले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ।

२०६३ सालमा स्थापना भएको विद्यालयले ३० जना विद्यार्थीबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेको थियो। हाल विद्यालयमा प्लस टुसम्मको अध्ययन–अध्यापन हुँदै आएको छ। कक्षा ११ र १२ मा कम्प्युटर साइन्स तथा व्यवस्थापन विषयको अध्ययनको व्यवस्था रहेको विद्यालयले जनाएको छ।

विद्यालयका संस्थापक अध्यक्ष खगेन्द्र केसीका अनुसार समयअनुकूल शिक्षण सिकाइलाई परिमार्जन गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विद्यालय अघि बढिरहेको छ। विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक शिक्षामा जोड दिइएको उहाँले बताउनु भयो।

विद्यालयका प्रिन्सिपल राजकुमार मण्डलले विद्यार्थीको रुचि, क्षमता र प्रतिभालाई पहिचान गरी आवश्यक अवसर प्रदान गर्दै आएको बताए। पढाइसँगै विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउँदै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकासमा विद्यालयले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
विद्यालयले Silverzone Academic Leadership Excellence Award 2025–26 समेत प्राप्त गरिसकेको छ। त्यस्तै, जिल्ला तथा नगरस्तरीय विभिन्न प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्। एसईई तथा प्लस टुमा समेत विद्यार्थीहरूले उत्कृष्ट GPA हासिल गर्न सफल भएको विद्यालयले सुन्दरहरैचा अपडेटलाई जनाएको छ।
विद्यालयका अभिभावकहरू पनि विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीप्रतिको व्यवहारबाट सन्तुष्ट रहेको बताउँछन्। एक अभिभावकका अनुसार विद्यालयले पढाइसँगै विद्यार्थीको व्यवहार, अनुशासन र अतिरिक्त प्रतिभाको विकासमा समेत ध्यान दिएकाले आफ्ना छोराछोरीमा सकारात्मक परिवर्तन देखिएको छ। अर्को अभिभावकले प्रविधिमैत्री शिक्षण, नियमित शैक्षिक गतिविधि र शिक्षकहरूको निगरानीले विद्यार्थीको सिकाइप्रति रुचि बढेको बताए।
‘सपना देखौँ, लक्ष्य बनाऔँ, सफलता हासिल गरौँ’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै विद्यालयले विद्यार्थीलाई सिर्जनशील, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
विद्यार्थीको सहजताका लागि विद्यालयमा सवारीसाधन, सुविधा सम्पन्न क्यान्टिन तथा व्यवस्थित कक्षाकोठाको व्यवस्था गरिएको छ। बालमैत्री वातावरण निर्माणसँगै आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई प्रभावकारी बनाउने प्रयास भइरहेको विद्यालयको भनाइ छ।




