सन्त भेलामा व्यवस्था परिवर्तनका लागि सार्वजनिक आह्वान हुने


shiva
Single Before Content Ad

इटहरी /

देशका प्रमुख मठ–मन्दिरका साधुसन्त पहिलोपल्ट एक ठाउँमा भेला भएर देशको अवस्था र व्यवस्था परिवर्तनका लागि सार्वजनिक आह्वान गर्ने भएका छन्।

शनिबार सनातन हिन्दुराष्ट्र अभियान केन्द्रीय समितिका तर्फबाट इटहरीमा आयोजना गर्न लागिएको ‘जनजागरण सन्तसभा’को तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

‘हालको अवस्था र व्यवस्था रहिरहेमा देश र धर्मको रक्षा नहुने पक्का भएकोले हालको अवस्था र व्यवस्था नै परिवर्तन गर्नका लागि,’ जनजागरण सन्तसभा गर्न लागिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘के यो देशमा सनातन धर्मावलम्बीहरूले आफ्नो धर्म–संस्कृतिको रक्षाका लागि आवाज उठाउन नै नपाउने हो ?’ भन्ने प्रश्नसहित विज्ञप्तिमा भनिएको छ, ‘सनातन धर्म, साधुसन्त एवम् गोवंशको संरक्षणका निमित्त जस्तोसुकै कठोर कदम चाल्न हामी वैदिक सनातन धर्मावलम्बीहरू बाध्य हुनेछौँ ।’

‘लोकतान्त्रिक मूल्यमान्यतालाई कायम गरी सनातनीहरूको बाहुल्यतालाई गम्भीर रूपमा मनन गर्दै हिन्दुराष्ट्र कायम गरोस् भन्नका लागि राष्ट्रिय सन्तसभाको निर्देशनमा विज्ञप्ति जारी गरिएको,’ वितरित विज्ञप्तिमा उल्लेख छ ।
के इटहरीमा हुने सन्तभेलाको उद्देश्य मुलुकमा फेरि राजतन्त्र स्थापना गर्नु हो ?’ भन्ने पत्रकारको प्रश्नमा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले भने, ‘अहिले हामीले त्यस्तो लक्ष्य राखेका छैनौँ तर सनातन धर्मको रक्षाका लागि अघि बढ्दै जाँदा के–के हुन्छ, कहाँ पुगिन्छ भन्न सकिन्न ।’

जगद्गुरुले इटहरीबाट सुरु हुने हिन्दु जागरण अभियान राजधानी हुँदै मुक्तिनाथसम्म पुग्ने र विधर्मीहरूविरुद्ध देशव्यापी लहर सिर्जना गरिने पनि बताए ।कार्यक्रममा ‘लगभग ९४ प्रतिशत जनताले दिएको सुझावविपरीत संविधानमा राखिएको धर्मनिरपेक्ष शब्द हटाएर नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने’ लगायत ११ सूत्रीय मागहरू पनि प्रस्तुत गरिएको थियो ।

शनिबार हुने सन्तसभालाई जगद्गुरु मोहनशरण देवाचार्यसहित योगी नरहरिनाथ पिठका श्रीश नाथ, गलेश्वर आश्रमका आत्मानन्द गिरी, मुक्तिनाथ पिठका कमल नयनाचार्य, गलेश्वर धामका देवराज स्वामी, विश्व हिन्दु विद्यापिठका चिन्तामणि योगी, हरिहर सन्न्यास आश्रमका ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका रमणानन्द गिरीलगायतले सम्बोधन गर्ने जनाइएको छ । (सप्तकोशी दैनिक पत्रीका बाट )

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार