महासंघ नेतृत्वको बारेमा भ्रममा नपर्न भट्टराईको आग्रह


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले महासंघमा केही सदस्यहरुबाट विधानविपरीतका गतिविधि सञ्चालन भइरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

मंवलबार एक प्रेस विज्ञप्ति जारी गरी कार्यवाहक अध्यक्ष भट्टराईले नेपाल पत्रकार महांसघ केन्द्रीय समितिले विधानको दफा ४३ अनुसार विधानको व्याख्या गरीे पठाएको र प्रदेश समितिले शाखालाई त्यस विषयमा जानकारी गराइसकेको अवस्थामा अनाधिकृत व्यक्तिले कार्यबहाक अध्यक्ष म हुँ भन्दै दाबी गर्नु हास्यास्पद, लज्जास्पद, र अमर्यादित भएको उल्लेख गरेका छन् ।

कार्यवाहकको विषयमा विवाद उत्पन्न भएपछि खुला उपाध्यक्ष मोहन भट्टराईले प्रदेश समिति र केन्द्रीय समितिमा विधान बमोजिम आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु पर्ने माग गर्दै उजुरी दिएका थिए । भट्टराईको उजुरी उपर छलफल गरी केन्द्रीय समितिल २०८० असोज ९ गते जिल्लाको हकमा खुला उपाध्यक्ष नै कार्यवाहक हुने निर्णय गरेको थियो । तर, त्यसलाई महिला उपाध्यक्षलगायतले अस्वीकार गर्दै केन्द्रीय समितिले गरेको विधानको ब्याख्या विपरीत क्रियाकलाप गर्दा समाजमा भ्रम सिर्जना भएको भन्दै भट्टराईले महासंघसँग सहकार्य गर्ने सबैलाई आधिकारिक नेतृत्वसँग जोडिन र भ्रममा नपर्न आग्रह गरेका हुन् ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५ को दफा २२ (१) मा अध्यक्षको अनुपस्थितिमा बरिष्ठ उपाध्यक्ष कार्यबहाक अध्यक्ष हुने ब्यवस्था रहेको छ । जिल्ला शाखाको हकमा के हुने भन्ने विषय अस्पष्ट भएपछि भट्टराईको उजुरीमा आधारित रहेर महासंघ केन्द्रीय पदाधिकारीको बैठकले विधानको व्याख्या गरी जिल्लाको हकमा खुला उपाध्यक्षले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुपर्ने स्पष्ट पारेको थियो । त्यसपछि सम्पूर्ण विवाद समाधान भइसकेको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघसस्था दर्ता ऐन अनुसार काठमाडौंमा दर्ता भएर चलिरहेको महासंघका शाखाका सदस्यले विधान र केन्द्रीय समितिको निर्णय विपरीतका गतिविधि गर्नु विधानको दफा ३२ विपरीतको अनुशासनहीन कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

उनले महासंघको विधान र केन्द्रीय समितिको निर्णयलाई कार्यान्वयन गर्दै अघि बढ्न, संस्थाको हित प्रतिकुल हुने कुनैपनि क्रियाकलाप नगर्न र समाजमा भ्रम सिर्जना गर्ने गरी कुनै गतिविधिमा सहभागी नहुन सबै सदस्यहरुलाई आग्रह गरेका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार