सुकुना क्याम्पसमा ननक्रेडिट कोर्सको समापन र अनुसन्धान तालिम सञ्चालन


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको औपचारिक कोर्सवाहेकका ननक्रेडिटका कोर्सहरू सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङले सञ्चालन गर्दै आइरहेको छ । विहीबार विहान भएको एक कार्यक्रममा ननक्रेडिट कोर्सका रुपमा वेवडिजाइनिङ डिजेङ्गो कोर्स लिएका २६ जना उत्कृष्ट विद्यार्थीहरूलाई एक समारैहका बिच क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रमाणपत्र वितरण गरेका छन्।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको कोर्सका अतिरिक्त व्यवहारीक‚ प्रयोजनपरक‚ जीवनोपयोगी‚ सिपमूलक र बजार मागमा आधारित कोर्सहरू तर्जुमा गरी औपचारिक कोर्स पूरा गरिसक्दा ननक्रेडटका रुपमा अतिरिक्त ज्ञान तथा सिप दिलाउनका लागि क्याम्पसले विद्यार्थीहरूलाई कम्युटर लिटेरेसि कोर्स‚ एकाउण्टिङ कोर्स‚ स्टाटिस्टिकल कोर्स र वेवडिजाइनिङ डिजेङ्गो कोर्स सञ्चालन गर्दै आइरहेको हुँदा बढिभन्दा बढि विद्यार्थीहरू यस कार्यक्रममा सहभागी भई लाभान्वित हुन क्याम्पस प्रमुख अधिकारीले जोड दिएका छन् । ननक्रेडिट कोर्स लिएर उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई सहायक क्याम्पस प्रमुख द्वय बलराम पोखरेल र गणेशप्रसाद दहाल तथा बिआईसिटि कार्यक्रमका फोकल पर्सन सन्तोष दाहालले बधाई तथा शुभकामना दिँदै औपचारिक कोर्समा पनि विशिष्ट स्थान हासिल गर्न शुभकामना दिएका थिए ।

अनुसन्धान तालिम सञ्चालन सुकुना बहुमुखी क्याम्पस र काठमाडौं विश्वविद्यालय बिच भएको सम्झौताअनुसार शिक्षक तथा कर्मचारीहरूको आर्टिकल लेखन तथा प्रकाशन र खोज अनुसन्धान क्षमता विकास गर्न विहीबार विहान १०:३० बजे देखि ३ क्रेडिटको ४८ घण्टे तालिम तथा कार्यशालाका लागि Advanced Research Methodology Course को उद्घाटन गरिएको छ । उद्घाटन सत्रको अध्यक्षता क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले शिक्षक तथा कर्मचारीहरूले अध्ययन अनुसन्धानमा लागेमा क्याम्पसले शिक्षक तथा कर्मचारीहरूलाई आर्थिक‚ प्राविधिक तथा व्यवस्थापनमा सहयोग पुर्याउने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सहभागी सबैलाई स्वागत गर्दै अवका दिनमा अनुसन्धान विना प्राज्ञिक उन्नयन हुन नसक्ने भएको हुँदा सहभागीहरूलाई यसमा लाग्न उत्प्रेरणा दिएका थिए । काठमाण्डौं विश्वविद्यालयका सहजकर्ता विज्ञ द्वय डा. हेमराज काफ्ले र डा. प्रकाशचन्द्र भट्टराईले कोर्सको प्रकृति र महत्व उल्लेख गर्दै ४८ घण्टाको अवधिमा सहभागीहरूले आर्टिकल लेखन‚ प्रकाशन र अनुसन्धान गर्न सक्षम हुने बताएका छन् । कार्यक्रमको सञ्चालन गर्दै सहायक क्याम्पस प्रमुख एवमु अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहालले तालिममा भर्ना भएका २८ जना शिक्षक तथा कर्मचारीहरूले तालिम अवधिभर पालना गर्नु पर्ने नियम‚ तालिमको गुणस्तर‚ औचित्य र यसबाट क्याम्पस तथा सहभागीको व्यक्तित्व विकासमा कोर्सले पुर्याउने सहयोगको विषयमा चर्चा गरेका छन्।

उद्घाटन सत्रको समापन पछि क्याम्पसको सेमिनार कक्षमा कार्यशाला सञ्चालन गरिएको र उक्त अनुसन्धानको कोर्स ४८ घण्टासम्म सञ्चालन हुने र त्यस पछि सहभागीको मूल्याङ्कन गरी प्रमाणपत्र प्रादान गरिने जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले दिएका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार