नोवेलमा ओपन हार्ट सर्जरीबाट झिकियो मुटु ढाकेको बाक्लो झिल्ली


shiva
Single Before Content Ad

सुन्दरहरैचा।

मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरिरको अङ्गहरुमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा १० का एक जना विरामीको केही दिन अगाडि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ । नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले विरामीको पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेको हो ।

उनमा करिब चार पाँच महिना अगाडि देखि पेट फुल्लिने, सुन्निने समस्या देखा परेको र हिँडडुल गर्दा थकान हुने भए पछि विभिन्न स्थानमा उपचार गराउदा ग्यास्ट्रिकको औषधी सुरु भएको थियो । तर समस्या समाधान नभए पछि उनी नोवेल शिक्षण अस्पताल आएका थिए । सुरुमा इण्डोस्कोपी गरिएको थियो तर चिकित्सकले उनलाई एक पटक मुटुरोग विभागमा गई जाँच गर्न सुझाएका थिए । मुटुरोग विभागमा जाँचको क्रममा उनको मुटुमा पानी जमिएको थाहा भयो । सि. टि. भि. एस. सर्जन डा. लोकेश यादवका अनुसार उनको मुटुलाई बाक्लो झिल्लीले ढाकेको कारण मुटुले राम्ररी काम गर्न नसकेको हुँदा शरीरमा समस्या देखा परेको थियो । यो समस्यालाई कन्स्ट्रीक्टिभ पेरिकार्डाइटिस (Constrictive Pericarditis) भनिन्छ । उपचारको क्रममा सुरुमा डायग्नोष्टिक पेरिकार्डियोटोमी गरियो । पछि ओपन हार्ट सर्जरी (Open Heart Surgery) मार्फत उनको मुटु वरपर भएको बाक्लो झिल्ली हटाउने शल्यक्रिया भयो । यो शल्यक्रियालाई पेरिकार्डियोक्टोमी भनिन्छ । हाल विरामीको अवस्था सामान्य रहेको र डिस्चार्ज भई सकेको छ ।

विरामीहरुमा यस्तो समस्या हुने कारणको बारेमा कुरा गर्दा डा. लोकेश बताउछन् । यो नेपालमा प्राय क्षयरोगको कारणले हुने गरेको पाइएको छ । विभिन्न संक्रमणले गर्दा पनि यस्तो समस्या उत्पन्न हुन सक्दछ । मुटु र नशा वरपरको झिल्लीले एक किसिमको सुरक्षाको कार्य गर्दछ । तर झिल्ली बाक्लो भएमा मुटु र नशाको तन्किने खुम्चिने कार्य अर्थात लचकपन कम हुन्छ । अनावश्यक दवाव बढ्न जान्छ । अनि विभिन्न समस्या उत्पन्न हुन्छ ।

विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ओपन हार्ट सर्जरी सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुलाई स्वास्थ्य उपचार प्राप्त गर्ने भरपर्दाे र आकस्मिक अवस्थामा छिटो सेवा प्राप्त गर्ने आधार भएको छ । नोवेलमा अत्याधुनिक उपकरण सहितको सुविधा सम्पन्न भौतिक पूर्वाधार एवं दश जना विशेषज्ञ चिकित्सक सहित कार्डियोलोजी र ओपन हार्ट सर्जरी सेवा संचालनमा छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार