सुन्दरहरैँचामा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ ले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ। आइतबार वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे, कार्यपालिका सदस्य साथै वडा सदस्य रोशन उप्रेती सहितको सहभागीतामा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हाे ।वडा न ८ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका मध्ये ४ सय ४३ परिवारलाई निस्सा वितरण गरिने वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले बताउनुभयो।

नगरप्रमुख गुरागाईँले निस्सा वितरण गर्दै  लालपुर्जाको प्रक्रिया सुरु भएको भन्दै भू उपयाेग नितिले ताेकेका मापदण्ड र अवस्थितिका आधारमा प्रकृया अघि बढ्ने बताउनुभयो । यस्तै  यसलाई चाडैं टुङ्गोमा पुर्याउने गरि नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्था गरेर भएपनि काम सक्नेगरी लागि रहेकाे समेत बताउनु भयाे ।  यस्तै निस्सा वितरण पछि प्रकृयाकाे चरणमा अघि बढेकाे बताउदै अब फिल्ड नापजाँच गरिने समेत उहाँले बताउनुभयो।वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तर्गत पालिकाले यस अघिनै निस्सा वितरण सुरु गरिसकेको छ । जसकाे पूर्जा समेत बन्ने चरणमा रहेकाे भुमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरेले बताउनुभयाे । 

वन जङ्गल अन्तर्गतका समस्या समाधान गर्ने केन्द्र सरकारलाई सिफारिस गरिएको समेत बताउनुभयो । यसैगरी नगरप्रमुख, उपप्रमुख, भूमि आयाेग अध्यक्ष सहित  नगरका विभिन्न क्षेत्रकाे अव्यवस्थित बसाेबास रहेकाे क्षेत्रकाे अवलोकन समेत गरिएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार