स्मार्ट एजुकेशन सेन्टर बिराटचौकले गर्यो कोरियन भाषा परीक्षा पास गरेका बिद्यार्थीलाई बिदाई कार्यक्रम


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा ९ बिराटचोक स्थित स्मार्ट एजुकेशन सेन्टरले कोरियन भाषा परीक्षा पास गरेका बिद्यार्थीलाई एक कार्यक्रम गर्दै सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त सेन्टरबाट यसै बर्ष ईपिएसले लिएको परिक्षामा सहभागी भएर पास भएका बिद्यार्थीहरुलाई बुधबार सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हो।

यसै बर्ष ईपिएस ले लिएको परिक्षामा २१ जना विद्यार्थीहरु सहभागी भएका र उक्त बिद्यार्थीमध्ये १६ जनाले भाषा परीक्षा उतिर्ण गरेका थिए। स्मार्ट एजुकेशन सेन्टरले ईपिएस परिक्षामा सहभागी भएको पहिलो पटकमा नै उत्कृष्ट नतिजा हात पार्न सफल भएकोमा स्मार्ट एजुकेशन सेन्टरका कार्यकारी प्रमुख खगिन्द्र तिम्सिनाले खुसी व्यक्त गरेका थिए।

हाल यस एजुकेशन सेन्टरमा बिद्यार्थीहरु भाषा परिक्षाको अध्ययन साथै तयारी गरिरहेका छन्। कोरियन भाषाका स्पेशल र बेसिक गरि दुबै कक्षाहरु सञ्चालनमा रहेको सेन्टरले सुन्दरहरैचा अपडेटलाई जानकारी गराएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार