विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सुरु


shiva
Single Before Content Ad

योगेन्द्र योगी/

बिराटनगर : मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने सम्बन्धी तालिम दिन सुरु गरिएको छ। आमकास नेपाल मोरङको आयोजना तथा सुन्दरहरैचा नगरपालिका -१२ को सहयोगमा ९ जना महिला दिदीबहिनीहरुलाई नौमती बाजा बजाउन १५ दिनको तालिम दिन लागेको हो।

नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला आमकास नेपाल मोरङ र सुन्दरहरैचा नगरपालिका -१२ को सहयोगमा नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको आमकास नेपाल मोरङकी अध्यक्ष उमादेवि सेडाईले बताईन्।

तालिमको उद्घाटन गर्दै वडा -१२ का वडाअध्यक्ष तथा सुन्दरहरैचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले विदेशबाट फर्किएका महिलाहरुलाई पनि आत्मनिर्भर बनाउन र आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षण मार्फत सांस्कृतिक जगेर्ना गर्न नगरपालिकाले तालिमको आयोजना गरेको बताए।

कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय लिङ्गको दायित्व बराबरी हुनेभएकाले समेत महिलालक्षित तालिमको आयोजना गरिएको वडा सदश्य निलम थापाले बताईन्। महिला दिदीबहिनीहरुले पनि पन्चे बाजा बजाउन रहर गरेको र सिकिसके पछि यहिँ बाजा बजाएर भएपनि घर खर्च चलाउने मनसाय ब्यक्त गरेकाले पनि तालिम सुरु गरिएको बताईन्।

कार्यक्रममा नगरपालिकाको १ लाख रुपैया बाट ९ जना सहभागी महिला दिदीबहिनीलाई १५ दिवसीय प्रशिक्षण प्रदान सुरु गरिएको छ । तालिम पश्चात् एक सेट नौमती बाजा समेत प्रदान गरिने र उनीहरुलाई बिबाह तथा अन्य कार्यक्रमा सहभागी गरिने उनले बताईन्। कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै तालिममा सहभागीहरुले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार