सुन्दरहरैंचा नगरपालिका भित्र व्यवस्थित घाट निर्माण गर्न समिती गठन


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

पुर्वमा मोरंगको बेलबारी र सुन्दरहरैंचा नगरपालिका बीचमा रहेको किस्ती खोला होस या लोहन्द्रा खोला, पश्चिममा सुन्दरहरैंचाको बुढीखोला सम्म सुन्दरहरैंचा नगरपालिकाले ब्यबस्थित मलामी  घाट निर्माण गर्न अझै  सकेको छैन ।   तत्कालिन नगर प्रमुख शिव प्रसाद ढकालले इटहरी र सुन्दरहरैंचा बीच रहेको बुढी खोलाको आफ्नो सिमाना तर्फ विधुतीय दाहसंस्कार घाट निर्माण गर्न खोज्दा बुढीखोलाको  पुललाई असर पर्छ भनेर मुद्धा समेत खेप्नु पर्यो र रोक लगाइयो  ।

 सुन्दरहरैंचा नगरपालिकामा दाहसंस्कार घाट व्यवस्थित निर्माण हुन नसक्दा शव जलाउन समस्या हुन थालेको छ । लामो दूरीमा गाडीको ब्यवस्था गरेर पूर्वतर्फ कनकाई माई र पश्चिमतर्फ चतरा, इटहरीको  बुढीगङ्गा  घाटसम्म शव लान नसक्ने हुँदा सर्वसाधारणले लोहन्द्रा खोला किनारमा शव जलाउने गरेको भएपनि व्यवस्थित घाट निर्माण हुन नसक्दा थप समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ।

स्थानीय सरकारले घाट व्यवस्थित बनाउन चासो नदिएका कारण वर्षाको समयमा लोहन्द्रामा बाढी आउँदा निकै कष्टपूर्ण तरिकाले शव जलाउनु परेको र हिउँदमा जथाभावी रुपमा शव जलाउने गरिएका कारण लास जलाउन प्रयोग गरिने दाउरा, खरानी, अँगार त्यतिकै छोडिने गरेको आम जनताको गुनासो छ। लास जलाउदा  खोलाको किनार फोहोर र प्रदूषित भई वातावरण र जनस्वास्थ्यमा असर पर्दैन  भन्न सकिन । मलामीले खाएको पानी तथा बिस्कुटका खोलहरु जथाभावी फ्ँयाक्ने गरिएको हुन्छ जसले गर्दा थप प्रदुषण बढ्दै गएको समेत स्थानीयको गुनासो छ।

सुन्दरहरैंचा नगरपालिकाको पूर्वी क्षेत्रमा हाल सम्म घाट नभएको कारण त्यहाँका जनताले भोग्नुपरेको कठिनाईलाई सहज बनाउन घाट निर्माणका लागि उपर्युक्त स्थान छनौट तथा घाट निर्माण गर्ने सम्बन्धमा वृहत छलफल गरी आफ्ना महत्वपूर्ण सल्लाहा सुझाव सहित घाट निर्माण तथा ब्यबस्थापन समिति गठन गरिएको छ ।

वडा १२ नं. कार्यालयको आमन्त्रण वडा कार्यालयको  सभाहलमा भएको आमभेलाले  नवराज चापागाईको संयोजकत्वमा ९ सदस्यीय घाट निर्माण तथा ब्यबस्थापन समिति गठन गरिएको छ  । त्यसैगरी सदस्यहरुमा टिका प्रसाद सुवेदी, तोया पोखेल, होमनाथ जमरकट्टेल , मोहनलाल श्रेष्ठ, कृष्ण प्रसाद काफ्ले, रुद्र बहादुर कार्की, राजेन्द्र प्रसाद दाहाल रहेका छन् ।

पुर्वमा  लोहन्द्रा खोलामा दाहसंस्कार र मलामी बस्ने ब्यबस्थित सुबिधा समपन्न घाट निर्माण आवश्यक रहेको भन्दै संयोजक नवराज चापागाईले दुनियामा व्यापक भष्ट्राचार र खोला दोहन भइरहेको अवस्थामा लास जलाउने ब्यबस्थित स्थान नहुँदा अर्काको जग्गामा लास जलाउन नदिने, बर्षायाममा बाढीले  लास बगाउने घटना समेत घटेको  भन्दै   निजि क्षेत्र, स्थानीय, प्रदेश र संघीय सरकारको जोडबलमा निर्माण गर्ने बताएका छन् ।

त्यसैगरी निवर्तमान प्रदेश सांसद राजकुमार ओझाले घाटको बिषयमा बहस चलिरहदा पुर्वमा घाट निर्माण गर्न किस्ती वा लोहन्द्रा खोलामा आवश्यक रहेको भन्दै स्थानीय तह, प्रदेश र संघ लगायतको सहकार्यमा घाट निर्माण गर्न पहल गरिने बताएका छन् ।

बि.स २०७६ सालमा मृत्यु पछिको अन्तिम संस्कार गर्न नगरको पूर्वी क्षेत्र निर्माण गर्न यो भन्दा अघि मोहनलाल श्रेष्ठको अध्यक्षतामा समिति  निर्माण गरेको थियो । त्यसैगरी सो वडाका अध्यक्ष रोशन प्रसाद ढकालका अनुसार  ४ बर्ष बितिसक्दा घाट निर्माणको बिषय उठिरहदा निष्कर्षमा पुग्न सकेको छैन, पैसा अभावको कारणले घाट निर्माण हुन् नसकेको होइन भन्दै आफ्नो मनस्थिति बदल्न र सानो-सानो बिषयमा अल्झिएको र यसलाई साकार पार्न  अनुरोध गरेका छन् ।

नेकपा एमालेका नगर कमिटि अध्यक्ष मातृका प्रसाद ढकालका अनुसार पहिलेको कार्यदल  र अहिलेको कार्यदलले छनौट गरेको घाट स्थल अबलोकन गरी सुन्दरहरैंचा र बेलबारी नगरपालिकाको सहयोगमा पूर्वीघाट निर्माण गर्न पहल गर्ने भन्दै सो हुन् नसकेमा २ बर्ष भित्र सुन्दरहरैंचाकै लगानीमा निर्माण पहल गर्ने जोड दिएका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार