जुपिटर इंगलिस स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न 


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -३ स्थित गछियामा रहेको जुपिटर इंगलिस स्कुलले आयोजना गरेको स्पोर्ट्स मिट अन्तर्गत वार्षिक चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। मंगलबार बिद्यालयको प्राङ्गणमा आयोजित चित्रकला प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ३ सय विद्यार्थीहरूले उत्साहपूर्वक सहभागीता रहेको थियो।

विधालयका प्रिन्सिपल हरिशचन्द्र ढकालले चित्रकलाजस्तो सिर्जनात्मक क्रियाकलापले विद्यार्थीहरूको कल्पनाशक्ति र कलात्मक क्षमता उजागर गर्न सहयोग पुर्‍याउने बताए। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने ढकालले बताएका छन्। प्रतियोगितामा सहभागी विद्यार्थीहरूको चित्रकलालाई विद्यालयका कला शिक्षक तथा स्थानीय कलाकारहरूको टोलीले मूल्याङ्कन गरेको थियो।

उक्त प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूको सृजनशीलता र कलाकारितालाई प्रोत्साहन गर्नु रहेको बिद्यालयले जनाएको छ। “रङहरूको संसारमा बालमस्तिष्कको कल्पनाशक्ति” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विषयवस्तुमा आधारित आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।यस्तो गतिविधिले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले वर्षमा एक पटक बिद्यालयले स्पोर्ट्स मिट गर्ने गरेको शिक्षकहरुले बताएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार