क्वेष्ट इंगलिस सेकेण्डरी स्कुलको स्पोर्ट्स मिट २०८१ सुरु


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको क्वेष्ट इंगलिस सेकेण्डरी स्कुलमा वार्षिक क्वेष्ट स्पोर्ट्स मिट २०८१ सुरु भएको छ।सुबिजिमुर सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा प्याबसन महाधिवेशन प्रतिनिधि गोबिन्द कार्कीले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।  

उक्त स्पोर्ट्स मिट अन्तर्गत विविध खेलकुद प्रतियोगिता आयोजना गरिने छ, जसमा विद्यार्थीहरू फुटबल, भलिबल, एथलेटिक्स, ब्याडमिन्टन, र थ्रो बल जस्ता खेलमा प्रतिस्पर्धा गर्नेछन्। विद्यार्थीहरूको शारीरिक क्षमता, नेतृत्व विकास र टोली भावना बढाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। तिन दिन सम्म सञ्चालन हुने स्पोर्ट्स मिटको उद्घाटन समारोहमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै क्वेष्ट सेकेन्डरी स्कुलका प्रिन्सिपल दिपक क्षेत्रीले विद्यार्थीहरूलाई शारीरिक रूपमा स्वस्थ राख्न र खेलकुद गतिविधिमा संलग्न गराउन विद्यालयले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको बताएका छन्। उनले खेलकुदले अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उल्लेख गर्दै सहभागी सबैलाई शुभकामना दिए।

स्थानीय स्तरमा यस्तो कार्यक्रमले विद्यालय र समुदाय बीचको सहकार्य र सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ। उक्त स्पोर्ट्स मिटमा विजयी खेलाडी र टोलीहरूलाई पुरस्कार प्रदान गर्दै स्पोर्ट्स मिटको समापन गरिनेछ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार