चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधी इटहरीलाई


Single Before Content Ad

सुन्दरहरैँचा (मोरङ) :शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजित चौथो संस्करणको सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगिताको फाइनल खेलमा इटहरी उपमहानगरपालिकाले केराबारी गाउँपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

 प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा इटहरी उपमहानगरपालिकाले निर्णायक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि केराबारीले बराबरी गोल फर्काउन नसक्दा उपविजेतामै सीमित हुन पुग्यो।

उपाधिसँगै इटहरी उपमहानगरपालिकाले नगद रु ४ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता केराबारी गाउँपालिकाले रु २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ।

समापन समारोहमा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, जनप्रतिनिधि, खेलकुदकर्मी तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले स्थानीय स्तरमा खेलकुदको विकास र प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसँगै सुन्दरहरैँचामा खेलकुद गतिविधिप्रति थप उत्साह र आकर्षण बढेको आयोजकले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार