सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माणका लागि एक्स्पो आयोजना


Single Before Content Ad

एलएन गच्छदार / सुन्दरहरैंचा

सुन्दरहरैंचा उद्योग वाणिज्य संघ द्वारा आयोजना गर्न लागिएको “सुन्दरहरैंचा विराट एक्स्पो-४” कृषि तथा औद्योगिक प्रदर्शनीको तयारी तीव्र पारिएको छ। यसैक्रममा, बाणिज्य संघले विभिन्न संघ-संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रमको उद्देश्य उद्योग वाणिज्य संघद्वारा सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण, एक्स्पोको प्रभावकारिता बढाउने, औद्योगिक तथा कृषिक्षेत्र प्रवर्द्धन गर्न स्थानीय निकायहरूको सहयोग सुनिश्चित गर्नु रहेको बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए।

स्थानीय तहका प्रमुख, उद्योगी-व्यवसायी, कृषि तथा औद्योगिक क्षेत्रका सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम गरिसकेको छ ।सहभागी सरोकारवालाहरु एक्स्पोले स्थानीय उत्पादन, व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

उद्योग वाणिज्य संघद्वारा सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माणका लागि एक्स्पो आयोजना
सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माणको मुख्य उद्देश्यसहित एक्स्पो आयोजना गर्ने लागिएको हो । उधोग संघले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ र व्यवस्थित सार्वजनिक शौचालय तथा ज्ञानमूलक पुस्तकालयको निर्माणका लागि आवश्यक कोष जुटाउने उद्देश्यले एक्स्पो गर्न लागेको अध्यक्ष कार्कीले बताए ।
उक्त एक्स्पोमा विभिन्न उद्योग, व्यवसायी, संघ-संस्था तथा सर्वसाधारणको सहभागिता रहनेछ। एक्स्पोमा स्थानीय तथा राष्ट्रिय स्तरका उत्पादन, प्रविधि, कृषि, पर्यटन तथा अन्य विविध क्षेत्रका स्टलहरू रहनेछन्। साथै, कार्यक्रम अवधिमा सांस्कृतिक प्रस्तुति, व्यापारिक छलफल तथा अन्य आकर्षक गतिविधिहरू समेत समावेश गरिनेछ।

उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीका अनुसार, “यो एक्स्पो केवल व्यापारिक प्रवर्द्धनका लागि मात्र नभई समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने अभियान पनि हो। यसबाट संकलित रकम समाजका लागि उपयोगी संरचना निर्माणमा लगानी गरिनेछ।इन्द्रपुर जेसिजले समेत एक्स्पोमा रचनात्मक तथा महत्वपूर्ण भूमिका निर्वाह गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा सुन्दरहरैंचालाई चिनाउन बंगालदेश, पाकिस्तान, छिमेकी राष्ट्र भारत् लगायतको स्टल ल्याउने र अरु एक्स्पो भन्दा भिन्न रहने जेसिजका अध्यक्ष आकाश दुलालको भनाइ छ। 

कार्यक्रम आयोजक समितिका अनुसार एक्स्पोले स्थानीय व्यवसाय प्रवर्द्धनका साथै सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। एक्स्पो आयोजनाका लागि विभिन्न संघ–संस्था तथा उद्योग प्रतिष्ठानहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आगामी माघ ३ गते देखि फागुन १० गते सम्म सञ्चालन हुने यस एक्स्पोमा सबैलाई सहभागिता जनाउन उद्योग वाणिज्य संघले आग्रह गरेको छ।जसमा स्थानीय उत्पादन, कृषि प्रविधि, उद्योग, व्यापार तथा नवप्रवर्तनसँग सम्बन्धित स्टलहरू राखिनेछ। संघका पदाधिकारीहरूका अनुसार, एक्स्पो भव्य बनाउन व्यापक तयारी थालिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार