प्रदेश प्याब्सन वरिष्ठ उपाध्यक्षमा शिक्षाप्रेमी अर्जुन बस्नेतको उम्मेदवारी


Single Before Content Ad

एलएन गच्छदार / सुन्दरहरैंचा

कोशी प्रदेशको निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा शिक्षाप्रेमी अर्जुन बस्नेतले उम्मेदवारीको दावी गरेका छन्। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बस्नेतले निजी विद्यालयहरूको हकहित, गुणस्तरीय शिक्षा प्रवर्द्धन र शिक्षाको व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्वलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बस्नेतलाई प्रदेशभरका धेरै शिक्षाप्रेमी, विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकको साथ रहेको बताइएको छ। उनी लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहँदै आएका छन् र प्याब्सनका विभिन्न तहमा रहेर नेतृत्व प्रदान गरिसकेका छन्।प्याब्सन मोरङको अध्यक्ष भई सफल कार्यकाल सम्पन्न गरेको अनुभव संगै उत्कृष्ट जिल्ला अध्यक्षको रुपमा प्याब्सन केन्द्रद्वारा सम्मानित सम्मेत भएका व्यक्ती हुन – अर्जुन बस्नेत।

अबको नेतृत्वले निजी विद्यालयहरूको स्थायित्व, गुणस्तर अभिवृद्धि, सरकारी नीतिसँग सहकार्य र विद्यार्थीको शिक्षाको स्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले बताएका छन्।

अर्जुन बस्नेत सिद्धार्थ सेकेन्डरी स्कूल सुन्दरहरैंचाका संस्थापक प्रिन्सिपल हुन भने उनको विद्यालय वि.स २०५४ साल देखि प्याब्सनमा आवद्ध छ ।२०५९ सालमा कुशलतापुर्वक २ कार्यकाल जिल्ला सदस्य भएर काम गरिसकेको र वि. स २०६९ – २०७५ सम्म प्याब्सन मोरङ् उपाध्यक्ष पदमा २ कार्यकाल काम गरेको अनुभव छ।त्यसैगरी बस्नेतले बि.स २०७५ – २०७८ सम्म प्याब्सन मोरङ् अध्यक्ष र वि.स २०७८ – २०८१ सम्म प्याब्सन कोशी प्रदेश उपाध्यक्ष कुशलतापूर्वक सफल कार्यकाल बिताइसकेका छन।

निर्वाचनको मिति नजिकिँदै जाँदा प्रतिस्पर्धी उम्मेदवारहरू आआफ्नो अभियानलाई तीव्र पारिरहेका छन्। यसबीच, अर्जुन बस्नेतले आफ्नो उम्मेदवारीले शिक्षा क्षेत्रको सुधार, शिक्षकको हकहित र विद्यार्थीको उज्ज्वल भविष्यलाई केन्द्रमा राख्ने बताउँदै सबैलाई साथ र समर्थन गर्न आग्रह गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार