अग्रणी सामुदायिक कृषि सहकारी संस्थाले गरायो अध्ययन अवलोकन भ्रमण


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।चैत्र ३० गते 

शिव भट्टराई भोजपुरे। मोरंङको सुन्दरहरैचा नगरपालिका वडा नं.४ मा रहेको अग्रणी सामुदायिक कृषि सहकारी संस्थाले सुनसरी, धनकुटा हुँदै तेर्हथुम जिल्लाको विभिन्न ठाउँको एक दिने भ्रमण सम्पन्न गरेको छ।सो भ्रमण संस्थाका संचालक समितिकि उपाध्यक्ष बिमला अधिकारी ढकालले संयोजन गर्नुभएको थियो। सहकारी संस्थाका सेयर सदस्यहरुलाई व्यवसायिक क्षमताको ज्ञान हासिल गर्ने उद्देश्यका साथ आयोजना गरिएको भ्रमणमा संस्थाका ७० जना भन्दा बढी सेयर सदस्यहरुको सहभागिता थियो।सो भ्रमण कृषिलाई प्राथमिकता दिइएर गरिएकोले कृषि सँग सम्बन्धित कृषि फर्मको स्थलगत अवलोकन गरिएको संस्थाका व्यवस्थापक टीका घिमिरेले बताएका छन्। 

भ्रमणका क्रममा कृषिका अन्य व्यवसायहरु तथा आधुनिक पशु पालनको बारेमा पनि जानकारी लिएका थिए।संस्थाले विगतका दिनहरूमा पनि यस्तै किसिमको अध्ययन अवलोकन भ्रमण इलामका धार्मिक, पर्यटकीय तथा एतिहासिक स्थलहरू कन्याम, फिक्कल, पशुपतिनगर, श्री अन्तु पोखरी, सूर्योदय, माइपोखरीमा गराएको कुरा संस्थाका सेयर सदस्य रुद्र प्रसाद दुलालले जानकारी गराएका थिए।

एक दिने अवलोकन भ्रमणकै क्रममा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले भ्रमण टोलीद्वारा तेर्हथुम स्थित पर्यटकिय स्थल गुराँसको राजधानी तिनजुरेको अवलोकन भ्रमण गरेको संस्थाकि उपाध्यक्ष बिमला अधिकारी ढकालले बताएकि छिन्।हरेक वर्ष गरिने यस्ता अध्ययन अवलोकन भ्रमण आउदो वर्ष पनि नयाँ ठाउँमा गराईने उनले बताएकि छिन्।

सो भ्रमण ज्यादै उपलब्धिमुलक र रमाइलो रहेको कुरा संस्थाकि संचालक समिती सदस्य भावना भट्टराईले बताईन्।त्यसैगरी अर्की सेयर सदस्य मिना ओझाले भ्रमणबाट धेरै कृषि सम्बन्धी ज्ञान हासिल गर्ने अवसर पाएको बताउँदै सो भ्रमण ज्यादै उपलब्धीमूलक रहेको कुरा बताएकी छिन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार