साजीलालले जित्यो नगर स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि, प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीटको ट्रफि पूर्वाञ्चल एकेडेमीको पोल्टामा


shiva

सुन्दरहरैचा/ रेवती रमण निरौला

मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट र पाँचौ नगर स्तरीय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता २०८० आज सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति सुन्दरहरैँचाको आयोजनामा एकसाथ सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिताको आज सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा भव्य कार्यक्रमका बीच समापन गरिएको हो ।

पालिका स्तरका विद्यालयबाट छनौट हुँदै जिल्ला, प्रदेश र केन्द्रमा देशव्यापीरुपमा प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता र सुन्दरहरैंचा नगरपालिकाले राष्ट्रपति रनिङ शील्डमा नभएका खेलहरु समेत समावेश गरेर नगरपालिका भरिका विद्यालयहरुबीच प्रतिस्पर्धा गराउँदै यसैवर्षदेखि सञ्चालन गरेको प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट २०८० को आज समापन गरिएको हो ।

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षतामा भएको समापन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै गौतमले पठन पाठनका साथै खेलकुद क्षेत्रको विकासमा समेत विद्यालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले देशको नाम विश्वमा चिनाउन खेलकुद र कला क्षेत्र महत्वपूर्ण रहेको भन्दै यस्ता कृयाकलापलाई अध्ययन अध्यापन सँगसँगै लैजानु पर्ने धारणा राख्नुभयो ।

नगर उपप्रमुख अकली चौधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु लगायतको आतिथ्यता रहेको थियो। 

पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आट्र्सका विभिन्न प्रस्पिर्धाहरूमा सुन्दरहरैँचा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्राहरूले बेग्लाबेग्लै प्रतिस्पर्धा गरेका थिए । यस्तै प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट २०८० मा अनुलेखन नेपाली र अंग्रेजी, चित्रकला, हिसाब दौड, बौद्धिक दौड, चकलेट दौड, भाले जुधाई, फुटबल, स्किपिङ, वक्तृत्वकला, दौड, वादविवाद, चेस र निबन्ध लेखन गरि २५ विधामा प्रतिस्पर्धा भएको थियो ।

यस प्रतियोगितामा नगरक्षेत्रमा रहेका ८० वटा विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्र्थीहरूको सहभागिता रहेको थियो । आज समापनकै दिन पुरुष भलिवल र १३ वर्ष मुनिको फुटबल प्रतियोगिताको फाइनल खेल समेत खेलाइएको थियो । जसमा भलिवलको उपाधि सुकुना माध्यमिक विद्यालयले जितेको थियो भने फुटबलको उपाधि सिद्धार्थ सेकेण्डरी स्कुलले जितेको थियो।

पाँचौं राष्ट्रपति रनिङ कप २०८० को उपाधि साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६ ले जितेको छ । गतवर्ष समेत उपाधि जितेको साजीलालले यसवर्ष २१ स्वर्ण, ८ रजत र ८ कास्य गरि ३७ पदक सहित उपाधि जितेको हो । यस्तै ११ स्वर्ण, ९ कास्य र ३ रजतसहित २३ पदक जित्दै सुन्दरहरैंचा ६ कै पूर्वाञ्चल एकेडेमी दोश्रो भएको छ भने सुकुना माध्यमिक विद्यालय सुन्दरहरैंचा १० ले १० स्वर्ण, ११ रजत र १० कास्यसहित ३१ पदक जित्दै तेश्रो स्थान हात परेको छ । अन्य विद्यालयको पदक निम्नानुशार रहेको छ ।  

प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट २०८० को उपाधि भने सुन्दरहरैंचा ६ स्थित नीजि विद्यालय पूर्वाञ्चल एकेडेमीले हात परेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्य गरि कूल ८ पदकसहित पूर्वाञ्चलले उपाधि जितेको हो ।

यसैगरि ४ स्वर्ण र २ रजत सहित ६ पदक जितेको सिद्धार्थ सेकेण्डरी स्कूल दोश्रो भएको छ भने २ स्वर्ण ५ रजत र १ कास्य गरि ८ पदक जित्दै सुकुना माध्यमिक विद्यालय तेश्रो भएको छ । अन्य विद्यालयको पदक निम्नानुशार रहेको छ । 

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x