आगामी २ वर्ष भित्रमा सुन्दरहरैंचा बाल मैत्री नगरपालिका घाेषणा गर्ने प्रतिबद्धता


shiva
Single Before Content Ad

एलएन गच्छदार/

नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ ।तीनै तहका सरकारले भौतिक विकासमा बढी जोड दिँदै पूर्वाधार विकास अर्थात् आँखाले देख्न सकिने संरचनाको विकास निर्माण गर्दै आएका छन् । त्यो भन्दा बढी संवेदनशील र महìवपूर्ण क्षेत्र सामाजिक विकासमा लगानी गर्नुपर्ने देखिन्छ । जबसम्म मानवीय विकासको गति बढ्दैन, तबसम्म भौतिक संरचनाको विकासले दिने प्रतिफल गुणस्तरीय हुन सक्दैन ।

सुन्दरहरैँचा नगरपालिकामा २०८३ जेठ ९ गते भित्र बाल मैत्री नगरपालिका घाेषणा गर्ने प्रतिबद्धता गरिएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चाैधरी वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, नगर बाल सन्जाल, बालबालिकाहरूकाे उपस्थितिमा साे प्रतिबद्धता गरिएको हाे ।

आगामी २ बर्ष भित्रमा सुन्दरहरैंचा नगरपालिकाले बालबालिकामा लगानी पहिलो प्राथमिकतामा राख्दै बालमैत्री नगरपालिका बनाउने घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। बिकास भनेको बाटो, खानेपानी, भवन निर्माण मात्रै होइन, उद्यमशीलता, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटनको विकास पनि हो, त्यसैले मान्छेको चेतनाको विकास पनि अहिलेको आवश्यकता हो ।

बालबालिकाहरुको क्षमता विकास गरी स्थानीय तहका हरेक संरचनामा अर्थपूर्ण सहभागीता सुनिश्चित गर्नुका साथै वडालाई बालविवाह मुक्त, अनिवार्य आधारभुत शिक्षा युक्त, पुर्ण खोप, पूर्ण जन्मदर्ता, बिद्यालय शान्ति क्षेत्र, पुर्ण साक्षर लगायतका बालमैत्री स्थानिय शासन सुचक पुरा गरि वडालाई बालमैत्री वडा घोषणा गर्ने नगर प्रमुख केदार प्रसाद गुरागाईंले प्रतिवद्धता व्यक्त गरेका छन ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार