सुन्दरहरैंचाको सार्वजनिक सुनुवाईमा जनगुनासोको जवाफ दिदैं नगरप्रमुख गुरागाईं


shiva
Single Before Content Ad

सुन्दरहरैचा: मोरङको सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बिहिबार नगरपालिकाको आयोजना तथा टेक मिडिया हाउसको सहजीकरणमा सिग्देल बन्धु प्रतिष्ठान दुलारी भएको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ३,४ ५ र ६ का सेवाग्राही गुनासोको जवाफ दिन उपस्थित भएका सुन्दरहरैचाका नगरप्रमुख केदार गुरागाई,उपप्रमुख अंकली चौधरी,प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने,चारै वडाका वडाध्यक्ष तथा नगरपालिकाका कर्मचारीहरु सेवाग्राहीको जनगुनासोको जवाफ दिन उपस्थित भएका थिए।

तर,सोचे जस्तो चारै वडाका छिटफुट बाहेक सेवाग्राही कोहि आएन्। एक सेवाग्राहीले नगरप्रमुखलाई प्रश्न गर्दै दुई बर्ष अघि हाम्रो छिमेकी मरेर बुढी खोला घाटमा मलामी आउदा यो बाटो हेरेर जानुहोस् जेसिबी पठाईदिनुहोस भन्दा पठाईदिन्छु अहिले जेसिबी ड्राइभर बिरामी छ ठिक हुने बित्तकै पठाईदी हाल्छु भन्नु भएको थियो अझै ड्राइभर निको भएको छैन भन्दै आक्रोश पोखे। 

उपस्थित प्राय जसो सबैले नगरप्रमुख प्रति गुनासो पोखेका थिए। सार्वजनिक सुनुवाई कार्यक्रमा सोचे भन्दा कम सेवाग्राही आएको भन्दै उनले सबै ठाउँमा सूचना नपुर्याउनु नगरपालिकाको कमजोरी भएको स्वीकार गर्दै सबै प्रश्नहरुको जवाफ दिएका थिए।सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही भन्दा कर्मचारी बढी देखिएका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आर्थिक बर्षमा नगरभित्र भएका काम कारबाहीको बारेमा जानकारी दिएका थिए। उपस्थित सेवाग्राहीहरुले नगरपालिका जाँदा सेवा समयमै पाएको बताए पनि धेरैले नगरभित्र भएको विकास निर्माणको बिषयमा प्रश्न गरेका थिए। भोली पनि नगरपालिकाले वडा ८,९,१० र १२ को जेसिस भवन विराटचोकमा सार्वजनिक सुनुवाई गर्दैछ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार