सशस्त्र प्रहरी बल र नोवेल बीच सम्झौता, अव सशस्त्र प्रहरीका कर्मचारी तथा आश्रित परिवारले नोवेलमा सहुलियतमा उपचार प्राप्त गर्ने


shiva
Single Before Content Ad

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । अव नेपाल भरीका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल ए. पि. एफ. स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले नोवेलमा उपचार गर्दा सहुलियत शुल्कमा उपचार सेवा प्राप्त गर्ने छन् ।

सम्झौता अनुसार सशस्त्र प्रहरी बलबाट उपलव्ध गराएको परिचय पत्र वा रिफर भई आएका विरामीहरुलाई नोवेल शिक्षण अस्पतालको बहिरङ्ग विभागमा दर्ता शुल्क निःशुल्क गरिनुका साथै बहिरङ्ग विभाग र भर्ना भई उपचार गराउदा २५% छुट हुने छ भने नोवेलले संचालन गरेको फार्मेसीमा औषधीहरु खरिद गर्दा ५% छुट हुने व्यवस्था गरिएको छ । यो सुविधा प्राप्त गर्न परिचय खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री शम्भु सुवेदी तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट अस्पताल निर्देशक डा. राजेश नेपालले हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरेर सम्झौताको औपचारिक सुरुआत गरेका थिए । सहमति पत्रमा साक्षीको रुपमा स. प्र. उ. श्री समेनन्द बज्राचार्य, नोवेल मेडिकल कलेजका प्राचार्य डा. रामहरी घिमिरे र समन्वयकर्ताको रुपमा प्रा. स. प्र. नि. डा. महिमा सिटौलाको हस्ताक्षर रहेको छ ।

सम्झौता मिति २०८१ जेठ १४ गतेबाट एक वर्ष सम्मको लागि गरिएको नोवेल शिक्षण अस्पतालका अस्पताल निर्देशक डा. राजेश नेपालले बताए । उनका अनुसार नोवेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरु संग समन्वय गरी लक्षित बर्ग, समुदाय, नेपाल प्रहरी लगायत धेरैलाई स्वास्थ्य उपचारमा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्न सम्झौता गरी सो अनुसार स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने निःशुल्क स्वास्थ्य शिविर मार्फत हजारौंलाइै घर दैलोमा नै निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा पुर्याउदै आएको छ । सशस्त्र प्रहरीका बहालवाला, अवकाश प्राप्त कर्मचारीहरु, उनीहरुका आश्रित परिवार र अमर सहिदका परिवारलाई सहुलियत सहितको स्वास्थ्य उपचार सेवा दिन पाउदा हर्षित भएको उनले बताए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार