फाकफोकथुमा नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविर सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा र फाकफोकथुम वडा नं. ६ र ७ वडामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।२ वटा वडा कार्यालयको व्यवस्थापन तथा सिम्रिक सहकारी बचत ऋण सहकारी संस्थाको आयोजनामा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं. ७ सिंहदेवी माध्यमिक विद्यालय, सिकारी भञ्जनमा सम्पन्न भएको थियो ।शिविरको समापन कार्यक्रममा सिम्रिक सहकारी बचत तथा ऋण सहकारी संस्थाका सभाध्यक्ष कमल बस्नेत, प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, विशिष्ट अतिथिहरू वडा नं. ६ का वडा अध्यक्ष टंक खनाल, वडा नं. ७ का वडा अध्यक्ष छत्रबहादुर सुब्पा र अन्य अतिथिहरूको उपस्थिति थियो ।

स्वागत मन्तव्य तथा शिविरको उद्देश्य बारे सभाध्यक्ष कमल बस्नेतले विचार राख्नुभएको थियो। शुभकामना मन्तव्य वडा नं. ६ का वडा अध्यक्ष टंक खनाल र वडा नं. ७ का वडा अध्यक्ष छत्र सुब्पा ले पनि व्यक्त गर्नुभएको थियो। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका मार्केटिङ अफिसर नवीन दाहालले पनि कार्यक्रमका बारेमा आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको समापन सिम्रिक सहकारी बचत तथा ऋण सहकारी संस्थाका अधिकृत विजय बस्नेतले गर्नुभएको थियो ।
उक्त शिविरमा जेनेरल मेडिसिन विभाग – १५५ जना, मानसिक रोग विभाग – १५ जना, प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा – ८७ जना, बाल रोग विशेषज्ञ – २१ जना, हाड जोर्नी तथा नशारोग विशेषज्ञ सेवा – १५४ जना, नाक कान घाँटी विशेषज्ञ सेवा – ४४ जना, दन्त रोग विशेषज्ञ – ४३ जना (१० जनाको दाँत खोलेको), शल्यक्रिया – २० जना, आँखाको जाँच – ९६ जना, रेडियोलोजी (भिडियो एक्सरे) – १०३ जना, मुटुको जाँच (इ. सी. जी.) – ४३ जना, प्रयोगशाला ल्याब (रगत, पिसाब जाँच) – १०२ जना सेवा लिएका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार