सुन्दरहरैंचा नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैंचा बैशाख २१ गते ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको आ.व. २०८१/८२ को दाेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।सुन्दरहरैंचा १ स्थित हरैँचाकाे वडा कार्यालय सभाहलमा बुधबार कार्यक्रम भएको थियाे। नगरपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, पारदर्शी तथा वस्तुनिष्ठ बनाउन साथै सर्वसाधारण र सरोकारवालाको राय-सुझाव नबुझेको कुरालाई प्रस्ट्याउने, नागरिकको प्रश्न , जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियाे ।

सेवाग्राहीहरूले नगरकाे विभिन्न स्थानमा रहेको सडक, विजुली बत्ती , खानेपानी , शिक्षामा देखिएको समस्या , नगरपालिकाले काममा गरेको ढिलासुस्ती लगायतका विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए ।

स्थानीय नागरिक तथा सेवाग्राहीले उठाएका प्रश्न र जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले सम्बोधन गरेका थिए। यस्तै, शाखागत प्रश्नमा सम्बन्धित शाखा प्रमुखले प्रस्ट पारेका थिए।

नागरिकको जिज्ञासालाई समाधान गर्दै नगरप्रमुख गुरागाईंले स्थानीय सरकार आम नागरिकको सेवामा सधैँ नजिक रहेको उल्लेख गरे । उनले नगरबाट गरिने सेवालाई अझ छिटो र छरितो बनाउने बताए। विकास निर्माणमा नगर लागिरहेको र कहीँ कतै छुटेकालाई आगामी बजेटबाट सम्बोधन गरेर जाने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा उपस्थित नागरिक तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले नगरपालिकाको बजेट र सेवा प्रवाहका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका कार्यहरूबारे जानकारी गराइएको थियाे ।

कार्यक्रमको सहजीकरण रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका थिए। कार्यक्रम नगरपालिकाको आयोजना र रेडियो सुसेलीको सहजीकरणमा भएको थियो। सुनुवाइमा वडाध्यक्षहरू, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार