महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्य राख्दै ७ दिने अचार बनाउने तालिम सप्पन्न 


shiva
Single Before Content Ad

सुन्दरहरैचा। बैशाख २१ गते


शिव भट्टराई भोजपुरे । त्रिवेणी महिला समूह सुन्दरहरैचा १० ले अचार बनाउने सात दिने सिपमूलक तालिम सम्पन्न गरेको छ। महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्य राख्दै आयोजना गरिएको तालिममा मुख्य प्रशिक्षकका रूपमा सविना राईले प्रशिक्षण दिनु भएको थियो। शनिबार भएको तालिम समापन कार्यक्रममा युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व नेत्र चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो भने समुहकी अध्यक्ष कमला देवि अधिकारीको अध्यक्षता रहेको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौलागाईंले सहभागी महिलाहरूले प्राप्त सीपलाई उपयोग गरी आयआर्जन गर्न सकेमा उनीहरूको आर्थिक अवस्था सुधार हुने र समाजमा महिला सशक्तिकरणको उदाहरण बन्न सक्ने बताउनु भएको छ।त्यसैगरी उहाँले आत्मनिर्भरता र स्वरोजगारतर्फ महिलाको पाइलामा आफुले सक्दो सहयोग गर्ने समेत बताउनु भएको थियो।

उक्त कार्यक्रममा समाजसेवी तथा महिला नेत्री सावित्री संग्रौलाको विशिष्ठ आतिथ्य रहेको थियो। समुहकी सदस्य लिला गुरागाईले संचालन गर्नुभएको समापन कार्यक्रममा सुन्दरहरैचा नागरिक समाजका संयोजक चिरञ्जीवी सिवाकोटी, महिला उद्यमी जिनेट राई, व्यवसायी अबिरल घिमिरे, महिला नेत्री टिका माया मगर लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुले मन्तव्य राख्नुभएको थियो।

तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई आत्मनिर्भरता र आयआर्जनमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार