पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेजमा स्नातक तह एग्रिकल्चर, फरेस्ट्री, फुड न्युट्रेसन डाईटिटिक्स शैक्षिक कार्यक्रमहरुमा भर्ना खुल्यो


Single Before Content Ad

शिव भट्टराई / सुन्दरहरैचा।

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेजले स्नातक तह B.Sc.(Hons.) Ag, B.Sc.Forestry, B.Sc.Food Nutrition Dietetics, शैक्षिक कार्यक्रमहरुमा भर्ना खुलाएको छ।

पुर्वान्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकाय द्धारा गोठगाउँमा सञ्चालित आंगिक कलेज जि.पि. कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) मा विगत झै शैक्षिक सत्र २०८१/०८२ का लागी B.Sc. (Hons.) Ag. तर्फ भर्ना खुलेको छ। कलेजले पहिलो पटक स्नातक तहको ४ वर्षे B.Sc. Food Nutrition &Dietetics शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ र सो शैक्षिक कार्यक्रमको समेत भर्ना खुलेको छ। सो शैक्षिक कार्यक्रमको शुल्क रु.३,९९,०००/-रहेको छ भने B.Sc. (Hons.) Ag. तर्फको शुल्क रु.६,१०,०००/-रहेको छ ।

गोठगाउँमै सञ्चालनमा रहेको कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री (PUCEF) मा शैक्षिक सत्र २०८१/०८२ का लागी B.Sc. Forestry शैक्षिक कार्यक्रमको समेत भर्ना खुलेको छ ।विश्वविद्यालयको नियमानुसार उक्त शैक्षिक कार्यक्रमहरुमा १०% छात्रवृत्ति (५% जेहेन्दार र ५% आरक्षित) को व्यवस्था गरेको छ ।यसका लागि सिङ्गल दस्तुरमा श्रावण ३२ गते सम्म र दोब्बर दस्तुरमा भाद्र ५ गते सम्ममा आवेदन दिनु पर्ने प्रशासनले जनाएको छ । विश्वविद्यालयले भाद्र ८ गते शनिबार प्रवेश परीक्षा गर्ने भएको छ।

यस कलेज बाट उत्पादन भएका विद्यार्थीहरु देश तथा विदेशमा रोजगार प्राप्त भएका छन् भने दक्ष शिक्षकहरु बाट अध्यापन गराईदै आईरहेको छ ।

८०५ विगाहा क्षेत्रफल रहेको यस गोठगाउँमा Agriculture र Forestry का लागी उपयुक्त स्थान रहेको साथै नेपाल सरकारको विभिन्न विभाग तथा कार्यालयहरुमा Food Nutrition &Dietetics सम्बन्धि जनशक्तिहरुको उच्चतम माग रहेकाले यस कलेजमा उक्त शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याईएको GPCAR र PUCEF का डाईरेक्टर नवीन भट्टराईले जनाएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार