सुन्दरहरैचामा कोशी प्रदेश कै नमुना कृषि बजार बन्दै


shiva
Single Before Content Ad

शिव भट्टराई, सुन्दरहरैचा।

मोरङको सुन्दरहरैचा वार्ड नं ९ स्थित बुधबारेमा १४ करोडको अनुमानित लागतमा कोशी प्रदेश कै नमुना बजारको निर्माण कार्य भईरहेको छ।नगर विकास कोषको ८० प्रतिशत ऋण सहयोगमा र २० प्रतिशत नगरको लगानीमा बन्दै गरेको अन्दाजी १ बिघा ३ कठ्ठा क्षेत्रफल रहेको निर्माणाधिन नमुना बजारमा १२६ कोठा रहने बुधबारे बजार व्यवस्थापन समितीले जनाएको छ। सुविधा सम्पन्न दुई तल्लाको नमुना बजार निर्माण कार्य चाँडै सम्पन्न हुने समितीले जनाएको छ।

त्यसैगरी नयाँ प्रविधीको एस आई पफ प्यानलमा आधारित च्याम्बर प्रणालीको शीत भण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सुन्दरहरैचा वार्ड नं ७ स्थित गछियामा २ करोड अनुमानित लागतमा बन्दै गरेको शीत भण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।२७५५ वर्ग फिटको क्षेत्रफल रहेको साजीलाल मा वि को जग्गामा उक्त शीत भण्डारको निर्माण कार्य भईरहेको छ।

सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले आईतबार नगरको विकास निर्माण कार्यको अनुगमन गर्ने क्रममा सुन्दरहरैचा ९ मा निर्माण हुँदै गरेको नमुना बुधबारे बजारको र सुन्दरहरैचा ७ मा निर्माण भईरहेको शीत भण्डारको अनुगमन गरेका हुन्। उक्त शीत भण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगेको र नमुना बुधबारे बजारको ८० प्रतिशत काम सकिएको र चाँडै संचालनमा आउने मेयर गुरागाईले बताएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार