नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नोबेल मिडिकल कलेजद्वारा पुरस्कार वितरण


shiva
Single Before Content Ad

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ICC Men's T20 World Cup 2024 Asia Qualifier मा छनौट भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मिति २०८० मंसिर २२ गते एक कार्यक्रमको आयोजना गरी एकमुष्ट रु पन्द्र लाख पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

गौशाला स्थीत होटल रायन इभेन्ट्समा आयोजित क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टोली तथा अफिसियलहरुलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका पूर्व अध्यक्ष माननीय डा. सुनिल कुमार शर्मा र प्रवन्ध निर्देशक श्री ईन्दिरा शर्मा (बराल) ले पुरस्कार वितरण तथा सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा क्रिकेट टोलीका सदस्य सहित उहाँहरुको आश्रित परिवार सदस्यहरुलाई एक वर्ष सम्म निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिने पनि घोषणा गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका पूर्व अध्यक्ष तथा मोरङ्ग क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य माननीय डा. सुनिल कुमार शर्माको सकृयतामा सुरु भएको विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा कार्यान्वयन भईरहेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार