सुन्दरहरैंचामा ढाका कपडा बुनाई तालिम सञ्चालन


shiva
Single Before Content Ad

सुन्दरहरैंचा / बैशाख २६ गते

सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ मा ७८ दिन मागमा आधारित ढाका कपडा बुनाई तालिम सञ्चालनमा आएको छ। प्रगति महिला समाजको आयोजनामा र सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सञ्चालित तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी बनाउने उद्देश्य राखिएको छ।

तालिमको अनुगमन गर्न नगर उपप्रमुख अकली चौधरी पुगेकी थिइन्। अनुगमनका क्रममा उनले स्थानीय महिलाहरूको सीप अभिवृद्धिमा यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। ढाकाजस्ता मौलिक हस्तकला प्रवर्द्धनसँगै महिलालाई आत्मनिर्भर बनाउने दिशामा यो कार्यक्रम सहायक बन्नेछ,” उपप्रमुख चौधरीले भनिन्।

प्रशिक्षार्थीहरू पनि तालिमप्रति उत्साहित देखिएका छन्। एक जना सहभागी महिलाले भनिन्, “यो तालिमले हामीजस्ता गृहिणीलाई सीप सिक्न र भविष्यमा आम्दानी गर्न मद्दत पुर्‍याउनेछ। हामी धेरै उत्साहित छौं।

नगर कार्यपालिका सदस्य रुक्मणि घिमिरेले तालिम प्रभावकारी भएको बताउँदै भनिन्, “महिलाहरूमा उत्साह र सक्रियता देख्दा यो तालिम सफल बन्दै गएको स्पष्ट हुन्छ। यस्ता कार्यक्रमले महिलाको सशक्तीकरणमा टेवा पुर्‍याउँछ।

तालिममा सहभागी हिरा गच्छदारले तालिमबाट सिकिएको सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “  अब हामीले सिकेको सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्नेछौं। यसले आम्दानी बढाउने र आत्मनिर्भर बन्ने अवसर दिन्छ।

ढाका कपडा बुनाई तालिमको मुख्य उद्देश्य स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउनेसीप विकास गराउने र रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्नु हो।तालिममा सलबर्कीखदासाडी र काेट   कपडा  तयार पारेर घरमै व्यवसाय सुरु गर्ने योजना रहेको सहभागीको भनाई छ।

आयोजक संस्थाका अध्यक्ष पार्वती गच्छदारका अनुसार  तालिममार्फत महिलाहरूले परम्परागत ढाका कपडा बुनाईको सीप सिक्नेछन्जुन भविष्यमा साना तथा घरेलु उद्योगको रुपमा विस्तार गरी व्यवसायिकरूपमा अगाडि बढ्न सकिने छ। साथैतालिमले महिला सशक्तीकरणआर्थिक उत्थानर स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने  लक्ष्य लिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार