सुन्दरहरैंचा–११ मा लोहितगंगा मुक्तिघाटको शिलान्यास


shiva
Single Before Content Ad

सुन्दरहरैचा । बैशाख २६ गते

मोरङको सुन्दरहरैँचा–११ शुक्रबारेमा लोहितगंगा मुक्तिघाट निर्माण हुने भएको छ । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले सो घाटको मलामीघरको शिलान्यास गर्नुभएको छ ।  

मुक्तिघाट व्यवस्थापन समिति अध्यक्ष नवराज चापागाईंका अनुसार घाटको नाममा जग्गा प्राप्त भएपछि घाट निर्माण शुरु गरिने छ । बृहत घाट निर्माण गर्न डिपिआर समेत तयार पारिएको छ । अहिले ४२ लाख बजेटबाट मलामि घर र घाट सम्म पुग्ने बाटो निर्माण गरिने मुक्ति घाट व्यवस्थापन समिति अध्यक्ष नवराज चापागाईंले बताउनुभयो ।

मेयर गुरागाईँले चालु आर्थिक वर्षमा विनियोजित ४२ लाख रुपैयाँ बजेटबाट घाट र मलामीघर निर्माण हुने र बहुवर्षीय योजना अन्तर्गत बाँकी काम हुने बताएका छन्।

शिलान्यास कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, पूर्व प्रदेश राज्यमन्त्री राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाकी पूर्व उपप्रमुख धनमाया तामाङ, जनप्रतिनिधिहरू, वार्ड नं १२ का वडाध्यक्ष तथा नगरप्रवक्ता रोशन प्रसाद ढकाल विभिन्न राजनीतिक दलका प्रमुखहरू, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार