हिमालय इङ्लिस स्कुलद्वारा दुई पत्रकार सम्मानित


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-१० मा रहेको हिमालय इङ्लिस स्कुलले स्थानीय पत्रकारितामा महत्वपूर्ण योगदान पुऱ्याउने सुन्दरहरैंचाका दुई पत्रकारलाई सम्मान गरेको छ। बिद्यालयले सुन्दरहरैंचा अपडेटका संचालक शिव भट्टराई भोजपुरे र जनचर्चा टाइम्सका संचालक एलएन गच्छदारलाई सम्मान गरेको हो।

सुन्दरहरैंचा नगरपालिकालाई कार्यक्षेत्र बनाएर खोज पत्रकारितामा लामो समयदेखि सक्रिय ती पत्रकारहरूले समाजमा घट्ने विभिन्न घटनाहरू उजागर गर्दै विकृति तथा विसंगतिलाई परिष्कृत गर्न उल्लेखनीय भूमिका खेलेका छन्। सत्य, तथ्य समाचार तथा सूचनाहरू जनतासमक्ष पुर्याउने कार्यमा उनीहरूको प्रतिबद्धता र योगदान अतुलनीय रहेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयले स्थानीय पत्रकारिता क्षेत्रको उन्नयन तथा सचेत समाज निर्माणमा पुऱ्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र प्रदान गरेको हो। सम्मान ग्रहण गर्दै पत्रकारहरूले समाज रूपान्तरणका लागि अझ जिम्मेवार भएर पत्रकारिता गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रिन्सिपल कमल खनालले आगामी दिनमा पनि समाजप्रति उत्तरदायी व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार