“हिमालय इङ्गलिस स्कुलको तीज विशेष कार्यक्रम ढकालले भने– ‘संस्कृति र शिक्षा दुबैलाई जोड्ने उदाहरणीय कार्यक्रम’
शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैचा १० मा रहेको हिमालय इङ्गलिस स्कुलले शुक्रबार हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्रांगणमा आयोजित कार्यक्रमा अभिभावक र विद्यार्थीहरुलाई तीजको दर ख्वाउदै मनोरंजन सहित तीज कार्यक्रम मनाईएको हो। 
विद्यार्थीलाई संस्कार र संकृतिको बिषयमा जानकारी गराउने र अतिरिक्त कृयाकलापमा सहभागि गराउने उद्देश्यले तीज बिशेष कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

प्रिन्सिपल खनालले हिमालय इङ्गलिस स्कुल अन्य विद्यालयको तुलनामा भन्दा फरक किसिमले संचालन भइरहेको बताएका छन् । उनले आफ्नो स्कुलमा सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञानलाई जोडेर एउटा छुट्टै नमूना विद्यालयको रुपमा संचालन गर्ने योजनाका साथ अघि बढेको बताए ।

हामीले विद्यार्थीको मनोभावनालाई बुझेर भविष्यमा उ के बन्न चाहन्छ, त्यहीँ आधारमा शिक्षा प्रदान गर्ने वातावरण मिलाउने कार्यक्रम विद्यालयले गरेको बताए। चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउँनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि स्कुल अभिभावक र विद्यार्थीको उपस्थितमा सामुहिक तीज बिशेष कार्यक्रमको आयोजना गरिएको बिद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमका प्रमुख अथिति सुन्दरहरैचा नगरपालिकाका १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले विद्यालयका विद्यार्थीहरु लगायत अभिभावकले आफ्नो गुनियो, चोली,साडी लगाएर आफ्नो भेषभूषालाई विषेश प्राथमिकता दिएको देख्दा आफू अत्यन्तै खुशी भएको बताए ।
यस्तै प्रमुख अथिति ढकालले हजारौँ एटम बम हाने भन्दा बढी संस्कृति माथि धावा बोलेको छ भने त्यसले समाजलाई ध्वस्त बनाउन र देशलाई कमजोर बनाउन सक्छ भन्दै हाम्रो धर्म संस्कृतिमा अत्यन्तै धेरै शक्ति हुन्छ र यो शक्तीले हामीलाई बाँधेको छ त्यसैले यसको संरक्षण गर्नु र त्यसको प्रवर्द्धन गर्नु पर्ने हाम्रो दायित्व हिमालय इङ्लिस स्कुलले पूरा गरेको बताएका छन्।
उनले तीज बिषेश कार्यक्रमको आयोजना गरेर स्कुलले तीजलाई प्रभावकारी बनाउने, समाजलाई एउटै मालामा उन्ने र धर्म सस्कृतिको संरक्षण गरेकोमा खुलेर प्रसंशा गरेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई, समाजसेवी भीम अधिकारी, अमकास नेपालकी उमा सेढाई लगायतको उपस्थिति रहेको थियो।

