सुन्दरहरैचा/ भाद्र १४ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा रहेको द राइजिङ इङ्लिस स्कुलले भव्य रुपमा अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीलाई विशेष स्वागत गर्दै विद्यालय परिवारमा जिम्मेवार सदस्यका रूपमा आफूलाई ढाल्न प्रेरित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल गोपाल पाठकले विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचसहित अध्ययनमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो। साथै, विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भाइस प्रिन्सिपल परशुराम गुरागाईले नयाँ भर्ना भएका विद्यार्थीलाई जिम्मेवार र सक्षम नागरिक बन्न आग्रह गर्दै विद्यालयले शैक्षिक मात्र नभई सह–पाठ्यक्रम क्रियाकलाप मार्फत पनि विद्यार्थीको प्रतिभा उजागर गर्ने बताए।
सांगीतिक प्रस्तुति, नृत्य र कवितापाठले भरिपूर्ण कार्यक्रम विशेष आकर्षणको रूपमा रह्यो। विविध भेषभूषामा प्रस्तुत गरिएको जातीय नृत्यले कार्यक्रमलाई अझै रंगीन बनाएको थियो। कार्यक्रममा विशेषगरी कक्षा–११ मा भर्ना भएका विद्यार्थीलाई औपचारिक स्वागत गरिएको थियो।

