४८ वर्ष देखि सम्पर्क विहिन बनेका व्यक्ति आफ्नो परिवार सङ भेट्दा भयो रुवाबासी, खुसीको सिमा रहेन


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ शिव भट्टराई ।

खोटाङ जिल्लाको लामिडाँडामा स्वर्गिय तुलशी प्रसाद भट्टराई र धन माया भट्टराई बाट २०१४ सालमा जेठो सुपुत्रको रुपमा ढुन्डिराज भट्टराईको जन्म भएको थियो।उनी बसाइ सराइको क्रममा सुनसरी जिल्लाको मधुबन गा बि स वार्ड नं ६ मा बसोबास गरी त्यसपछी नेपाल सरकारबाट सटा भर्ना भई मोरङ जिल्लाको पहिलाको हसन्दह गा बि स वार्ड नं ७ हालको पथरी शनिस्चरे वार्ड नं ६ मा बसोबास गर्ने क्रममा १८ बर्षको उमेरमा घर बाट बेपत्ता भएका थिए।

बेपत्ता भएका ढुन्डिराज भट्टराई खोजी गर्ने अनेकौं प्रयास पछी पनि परिवार सङ सम्पर्कमा आउन सकेका थिएनन्।बेपत्ता भट्टराई ४८ बर्ष पछी आफैं घर खोज्दै पुरानै ठाउँ खोज्दै मोरङको सुन्दरहरेचा वार्ड नं ३ मा आफ्नो परिवार रहेको थाहा पाई २०८१ साल श्रावण २२ गते घर आइपुगेका थिए ।घर आईपुग्ना साथ पारिवारमा बुवा तुलशी प्रसाद भट्टराईको स्वर्गारोहण भएको थाहा पाए। बुवा तुलशीको १५ महिना पहिले स्वर्गारोहण भएको थाहा पाए पछि १२ दिनेको काम काज गरी आज भाद्र ३ गते सोमबार रक्षा बन्धनका दिन आईपुगेका छन्।

९४ बर्ष कि आमा, भाइ दिदी बहिनि, जुवाइ, नाती नातीना लगायतका परिवार, इस्टमित्र को आँखा रसाएका थिए l
साथै ढुण्डी राज भट्टराई भारतको मुम्बैमा बसिरहेको र हाल सम्म पनि विवाह नगरि त्यहाँको एक मन्दिरमा रहेको आश्रममा सेवा गरी बसेको कुरा उहाँले बताउनु भयो l
उहाँ २०३३ सालमा त्यहाँ गएको र अहिले ४८ बर्ष पछी घर आउनु भएको अवसरमा सबै जना परिवारमा हर्षको सिमा नरहेको नाती गणेश दाहालले बताउनु भयो l

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार