बिद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा सिकाउँदै हिमालय इङ्लिस स्कुलले गर्यो तिज विशेष कार्यक्रम


Single Before Content Ad

शिव भट्टराई/

मोरङको सुन्दरहरैचा वार्ड नं १० स्थित हिमालय इङ्लिस स्कुलको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सुन्दरहरैचा नगरपालिकाका नगर प्रवक्ता रोशन प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थीहरु साथै अभिभावकहरुको सहभागीता रहेको थियो।

तीज पर्व भन्ना साथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन्। नाचगान गर्छन् ।

बिद्यार्थीहरुलाई तिजको अवसरमा चेली माइती बिच सुमधुर सम्बन्ध राख्नु पर्छ भन्ने सन्देश दिने र संस्कार सहितको शिक्षा प्रदान गर्ने उदेश्यले बिद्यालयले सो कार्यक्रम राखेको प्रिन्सिपल कमल खनालले जनाएका छन्।
तस्बिरहरु शिव भट्टराई भोजपुरे

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार